विषादी न्यूनीकरणका लागि सांगीतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ ८, २०७४
bisadi

हेमजा, ७ माघ । पोखरा-२५, हेमजा स्थित जागरण अभियान नेपालले माघ २७ गते विषादी न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यका साथ पोखरामा वृत्तचित्र प्रदर्शन, सांगीतिक तथा सांस्कृतिक साँझ गर्ने भएको छ ।

संस्थाले पोखरामा शनिबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको हो ।

पोखरा सभागृहमा सारेगम इन्टरनेशनल हाउसको व्यवस्थापन तथा रोट्रयाक क्लब अफ हेमजाको विशेष सहयोगमा उक्त कार्यक्रम गरिने छ ।

कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाले गीत संगीत र मनोरञ्जन माध्ययमबाट विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे आमजनतालाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए । उनले हिजोआज जथाभावी विषादी प्रयोग बढेको ठहर गर्दै जसका कारण पर्यावरण र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको पनि जनाए ।

छिटो उत्पादन लिने नाममा विषादीको बढ्दो प्रयोगले उपभोक्ता र किसान प्रत्यक्ष रुपमा प्रभावित भएको जिकिर गर्दै तिम्सिनाले विषादी प्रयोगबारे आमसर्वसाधरणमा समयमै सचेतता ल्याउन जरुरी भएको औल्याए । विषादी प्रयोगलाई गम्भीर रुपमा नलिए निकट भविष्यमै ठूलो खतरा हुन सक्ने उनको दावी थियो ।

उक्त कार्यक्रममा कलाकार यसकुमार, जितु नेपाल(मुन्द्रे), केदार घिमिरे-माग्ने बुढा) लगायतको प्रस्तुति रहने छ ।

कार्यक्रम सम्पन्न गर्न करिब  ५ लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष विनोदप्रसाद त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width