बुटवल, २२ पुस। रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको हत्याको विरोधमा शनिबार रुपन्देही जिल्ला बन्द गरियो ।
आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले रुपन्देही बन्द गरेको हो । बन्दका कारण पूर्व-पश्चिम राजमार्ग र सिर्द्धार्थ राजमार्गअन्तर्गत बुटवलखण्ड भएर चल्ने गाडी ठप्प भएका थिए । उद्योग कलकारखाना, बजार, व्यवसाय सबै ठप्प भएपनि बन्दका क्रममा कहीँकतै कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह-२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुर्इजनाले गोली हानी हत्या गरेका थिए । घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै युवा संघले बन्दको आहृवान गरेको अध्यक्ष नहकुल शाहीले जानकारी दिए ।
मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुन् । घटना भएलगत्तै गुण्डा नाइके भन्दै प्रहरीले खोजिरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । गत वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो ।
हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजीमा प्रहरी सक्रियरुपमा लागिरहेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । यस्तै, पौडेलको हत्याको रुपन्देहीका विभिन्न व्यावसायिक संघसंस्थाले विरोध जनाएका छन् ।
यता घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संलग्न व्यक्तिको पहिचान एवं पक्राउ गर्नका लागि संघीय प्रहरी एकाइ कार्यालय, भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१