मधुमेह निःशुल्क शिविर

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
sibir p chowk

पोखरा, २२ पुस। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र नेवाः मिसा पुचः पृथ्वीचोक, पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क शिविर भएको छ। शिविरमा ४ सय ३ जनाको निःशुल्क जाँच गरिएको छ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा सुवास भट्टराईले यस्ता शिविरबाट समयमै रोग पत्ता लाग्ने र समयमै उचित उपचार सम्भव बनाउन सहयोग पुग्ने बताए।

उनले धेरैजसो रोग अस्वस्थ्यकर खानपान, अस्तव्यस्त सहनसहन र वेपरवाह जीवनशैलीका कारण लाग्ने औंल्याए।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय स्वास्थ्यसेवामा सर्वसाधारणको पहुँच पुर्‍याउन विभिन्न संघ, संस्थासँगको सहकार्यमा शिविरहरु आयोजना गरिरहेको बताए। थाइराइड र मधुमेह आफैमा रोग नभएर अन्य रोगको मुहान भएकाले यिनलाई निर्मूल पार्न शिविरहरु गरिरहेको उल्लेख गरे।

कार्यक्रममा मिस नेवा ११३८ का संयोजक गजेन्द्रमान श्रेष्ठ र नेवाः मिसा पुचः कास्की अध्यक्ष शान्ति उदासले पनि बोलेका थिए।

नेवाः मिसा पुचः पृथ्वीचोकका अध्यक्ष रेविका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रमिला जोशी र सञ्चालन सचिव लक्ष्मी मुल्मीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width