सांसद बराललाई शुभचिन्तकको सम्मान

आदर्श समाज सम्वाददाता
पौष २३, २०७४
ramji

पोखरा, २२ पुस। प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा रामजी बराल जीवनलाई पोखरामा उनका शुभचिन्तकले शनिबार बधाई तथा सम्मान गरेका छन्।

पुम्दीभुम्दी र पोखराका शुभचिन्तकको समूहले एक कार्यक्रम गरी सांसद बराललाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको शुभकामना दिए।

कार्यक्रममा सांसद बरालले जनताको अमूल्य मतको कदर गर्ने बताए। आफू इमान्दार सेवकभन्दा माथि कहिल्यै  आफूलाई नसोचेको उल्लेख गर्दै उनले मतदानमा सहयोग पुर्‍याउने सम्पूर्णलाई धन्यवाद दिए। उनले अब नयाँ व्यवस्थापन र सोचमा परिवर्तनको खाँचो रहेको औल्याए।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष एवं आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाले विजयी बराललाई बधाई दिँदै जनताको मतको कदर गर्दै अघि बढ्न सुझाव दिए। उक्त अवसरमा सांसद बरालका शुभचिन्तकले उनलाई खादा तथा अबिर लगाउँदै बधाई ज्ञापन गरेका थिए।

अमृत बरालको अध्यक्षमा भएको कार्यक्रममा स्वागत माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष कमला रानाभाट र सञ्चालन सामाजिक अभियन्ता डिल्लीराम बरालले गरेका थिए। कास्कीको पुम्दीभुम्दीका सांसद बराल गत मंसिर २१ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (क) बाट विजयी भएका हुन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width