पोखरा, १६ पुस। ल्होछारको अवसरमा सिद्वार्थ तमु -गुरुङ) समाजले शुभकामना आदानप्रदान सहित विविध कार्यक्रम गरेको छ।
कार्यक्रममा समाजका ज्येष्ठ सदस्यहरू क्या. आशबहादुर गुरुङ, बुद्विमाया गुरुङ, बर्ट्टाई गुरुङ, भिमबहादुर गुरुङ ‘क’, भिमबहादुर गुरुङ ‘ख’, ज्ञान गुरुङ कुलमाया गुरुङलाई सम्मान गरिएको छ।
त्यस्तै, समाजलाई ७५ हजार रूपैयाभन्दा बढि आर्थिक सहयोग गर्ने सदस्यलाई पनि सम्मान गरिएको छ। यसरी सम्मानित हुनेमा आशबहादुर गुरुङ, र्सूयबहादुर गुरुङ, यामबहादुर गुरुङ, सुवेदार केहरसिंह गुरुङ, सुवेदार डिलबहादुर गुरुङ, भोजबहादुर गुरुङ, नरबहादुर गुरुङ, देवबहादुर गुरुङ, क्या. चन्द्रजंग गुरुङ, खड्कबहादुर गुरुङ र अर्जुन गुरुङ छन्।
कार्यक्रममा नयाँ सदस्यहरू देवबहादुर गुरुङ, सुवेदार नरबहादुर गुरुङ, सोमबहादुर गुरुङ, युकबहादुर गुरुङ, चुमानसिंह गुरुङ, तेजबहादुर गुरुङ, बुद्वि गुरुङ र चन्द्रसिंह गुरुङलाई प्रमाणपत्र वितरण गरिएको थियो।
समाजले आयोजना गरेको खेलकुद प्रतियोगितामा २० जना सहभागि छेलोतर्फ आशबहादुर गुरुङ प्रथम र क्या. अशोककुमार गुरुङ द्वितीय भएका छन्। १२ जना सहभागी मिर्ठाई दौडमा हार्दिक गुरुङ प्रथम र निशान गुरुङ द्वितिय भएका छन्। ३२ जना सहभागि कुर्ची दौडमा दमयन्ती गुरुङ प्रथम र सविता गुरुङ द्वितीय भएका छन्। बम्बार्डमेण्टतर्फ कृर्र्तिका गुरुङ, पौसली गुरुङ र युकी गुरुङको समूह प्रथम बनेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पुलिस हेल्थ क्लबका प्रमुख बुद्वि गुरुङले समाजले सवै सदस्यको भावना अनुसार काम गर्न सकेको बताए। उनले सक्रियतापूर्वक राम्रो काम गर्न सकेका कारण सिद्वार्थ तमु समाजप्रतिको आकर्षण बढेको उल्लेख गरे। त्यसअवसरमा शिक्षक देव गुरुङले पनि बोलेका थिए।
सिद्वार्थ तमु समाजका अध्यक्ष गेसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवेदार केहरसिंह गुरुङले स्वागत र सचिव टिकबहादुर गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१