१. नवनियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातले आफ्नो पदभार सम्हालेका छन्। यसअघि उनी कार्यवाहक प्रमुख भएर काम गरिरहेका थिए। उनी प्रमुखमा नियुक्त भएपछि अब उनले के कसरी काम गर्लान् भनेर चर्चा परिचर्चा शुरु भएको छ।
२. अख्तियार प्रमुख बस्न्यातको लागि यो अवसर पनि हो, चुनौती पनि हो। अवसर त उनले पाइसकेका छन्। तर आफ्नो अगाडि आइपरेको चुनौतीलाई उनले केकसरी सामना गर्लान्, त्यो भने हेर्न बाँकी नै छ। त्यसको लागि प्रतीक्षा गनैपर्ने भएको छ।
३. उनका सामु आफूभन्दा पहिलेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीका काम कुरा र घटनाहरु सजीव चित्रहरु झैं प्रष्ट छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग अख्तियार दुरुपयोग रोक्नका लागि हो। अख्तियार दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेकाहरुलाई कार्वाही गर्नका लागि हो।
४. नेपालको सर्न्दर्भमा यो आयोग झन् आवश्यक छ। यहाँ अख्तियारको दुरुपयोग कसले गरेको छैन र भन्ने अवस्था छ। त्यस्तै भ्रष्टाचार नगर्ने कति प्रतिशत होलान् र भन्ने अवस्था छ। जता हेर्यो, उतै भ्रष्टाचार छ। भ्रष्टाचार नगरी घूस, कमिशन नखाई कसले काम गर्ला भन्ने प्रश्न जताततै सुनिन्छ।
५. यस्तो अवस्थामा अख्तियार प्रमुखको रुपमा कार्कीको उदय भएको हो। शुरुमा उनको व्यक्तित्वले पनि केही काम गरेको थियो। उनले काम शुरु गरेका थिए। तर पछि उनी आफैले आफ्नो पदको दुरुपयोग गरी अरुलाई आफ्नो प्रभावमा पारेर उनले आफ्नो स्वार्थ अनुकूल काम गर्न विवश पारे।
६. उनले आफ्नो जालमा ठूलो माछा पार्ने घोषणा पनि गरे। उनको त्यो घोषणालाई धेरैले आशाको दृष्टिले हेरेका थिए। ठूलावडाहरु त्रसित पनि भएका थिए। त्यसैबीच उनले समानान्तर सरकार चलाए झैं गर्न थाले। उनले आफूलाई “सुपर म्यान” को स्थितिमा पुर्याउन थाले। शान्ति सुरक्षा र सवारी आदिमा पनि उनको छुट्टै पहिचान हुन थाल्यो। जुन अरुलाई सह्य भएन।
७. उनले राजनीतिमा व्याप्त भ्रष्टाचारतिर जब दृष्टि दिन लागेका थिए, तब रातारात उनी विरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो। उनी निलम्बनमा परे र पछि सवोर्च्चबाट उनी अयोग्य घोषित भए। यी सबै कुरालाई नव नियुक्त प्रमुख बस्न्यातले नजिकबाट देखेका छन्। राजनीतिमा व्याप्त भ्रष्टाचार हटाउनु पहिलो आवश्यकता हो। राजनीतिमा भ्रष्टाचार हट्यो भने अरु क्षेत्रको भ्रष्टाचार हट्दै जान सक्छ। या भनौं हटाउन सकिन्छ। राजनीतिबाट भ्रष्टाचार हटाउन पर्दछ भनी जति सजिलै भनिन्छ, उति त्यो चुनौतीपूर्ण पनि छ। यही चुनौतीको उनले के कसरी सामना गर्लान्, त्यो ठूलो कुरा हो। यो उनको परीक्षाको घडी पनि हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१