१. चीनका राष्ट्रपति सी जिनपिङले राज्यको नेतृत्व सम्हालेपछि उनले एउटा अवधारणा ल्याएका छन्। त्यो अवधारणा हो-’वान वेल्ट, वान रोड’। चीनले आफ्नो यो नयाँ अवधारणालाई राष्ट्रिय मुद्दा बनाएको छ र विश्वभर यसको प्रचार-प्रसार गरेको छ। त्यसले यसको प्रचार-प्रसार मात्रै गरेको होइन, यसलाई प्रतिष्ठाको विषय नै बनाएको देखिएको छ।
२. चीन सक्षम र समृद्ध राष्ट्रको स्तरमा पुगेकाले उसले ल्याएको ‘वान वेल्ट, वान रोड’को अभियान विश्वव्यापी हो। विश्वका धेरै देशले त्यसमा सहमत जनाएका छन् भने केही देशले यस अभियानमा आवद्ध हुन हस्ताक्षर पनि गरेका छन्।
३ चीन नेपालको छिमेकी देश भएकाले नेपालमा ‘वान वेल्ट, वान रोड’ को प्रभाव पर्नु स्वभाविक हो। त्यसमा पनि यो अवधारणा अर्थ, उद्योग, वाणिज्य र विकाससँग सम्बन्धित भएको बताइएकाले गरीब र कम विकसित देश नेपाल त्यसमा लालायित हुनुलाई अन्यथा भन्नु हुँदैन। नेपाल यो गरिबी र कम विकसित अवस्थाबाट कहिले मुक्त हुन सकिएला भनी छट्पटाएको अवस्था छ।
४. नेपालमा निजी क्षेत्रको एक समूहले त्यसमा आवद्ध हुन हस्ताक्षर गरिसकेको छ। त्यो समूह सरकारले पनि छिट्टै हस्ताक्षर गरोस् भन्दैछन्। अर्थ, उद्योग र वाणिज्यसँग सम्बन्धित त्यो समूह जति छिटो सरकारले त्यसमा हस्ताक्षर गर्दछ, त्यति छिटो नेपालले त्यसबाट लाभ लिन सक्दछ भनेर सरकारलाई दबाब नै दिँदैछ। त्यसरी दबाब दिनेको संख्या बढ्दै पनि गएको छ।
५. प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले दोहोरो दबाबमा छन्। केही हप्ता पहिले आफ्नो चीन भ्रमणमा उनले चीन सरकारका पदाधिकारी समक्ष आफ्नो सरकारले छिट्टै त्यसमा हस्ताक्षर गर्ने बताएका थिए । चीन सरकार उनको वचनमा विश्वस्त छ र आगामी मे महिनामा यससम्बन्धी विश्व सम्मेलन हुनुभन्दा पहिले नेपालले हस्ताक्षर गर्नेछ भनी अपेक्षा गरेर बसेको बुझिएको छ।
६. नेपालमा भने यस सम्बन्धमा अझै गम्भीर चर्चा-परिचर्चा भएको छैन। यसबाट फाइदा हुन्छ भन्ने बताइएको छ तर के कति फाइदा हुन्छ र कसरी हुन्छ भन्ने कुरा विस्तृतरूपमा उल्लेख गरिएको छैन। चीनसँगको सम्बन्धबाट अहिले दुवै देशले केही फाइदा उठाएका छन्। अहिलेको भन्दा बढी ‘वान वेल्ट, वान रोड’मा सही गरेपछि के, कति र कसरी नेपाललाई अझ बढी फाइदा हुन सक्दछ, त्यो कुरा आउनु आवश्यक छ।
७. यो अभियान एकातिरबाट नेपाल र चीनको मामिला हो भने अकोर्तिर यो चीनको विश्व अभियान हो। ‘वान वेल्ट, वान रोड’मा विश्वका धेरैभन्दा धेरै देशलाई समेट्ने र आवद्ध गर्ने उसको योजना छ। यो योजना जति ठूलो छ, उति नै धेरै यस सम्बन्धमा जान्नु र सोच्नु आवश्यक छ। जानेर र सोचेर गरेको काममा पछुताउनु पर्दैन। फेरि यसमा अरू छिमेकीहरूले के कस्तो गर्दैछन्, त्यो पनि हेर्र्नु आवश्यक हुन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१