१. जैनमुनि डा. मणिभद्र महाराजको ५० औं शुभजन्मोत्सव विविध कार्यक्रमका साथ पोखरामा शनिबार सम्पन्न भएपछि जैनमुनिको चर्चा परिचर्चा बढेको छ। उनी को हुन्, कहाँका हुन् र धर्ममा उनको स्थान कहाँ छ भन्ने जिज्ञासा बढेको छ। उनको सरल जीवन र उच्च विचारले गर्दा उनका नजिक पुगेकाहरु उनीप्रति आकषिर्त भएका छन्।
२. पोखराको छिमेकी जिल्ला स्याङ्जाको आर्रुखर्कमा २०२३ सालमा जन्मेका उनी १४ वर्षको कलिलो उमेरमा अध्ययनका लागि भारत गए। भारतमा उनी जैन गुरुहरुको सर्म्पर्कमा पुगेपछि त्यस धर्मको शील सदाचार र अहिंसा परमो धर्मको सिद्धान्तबाट उनी प्रभावित भए। उनी मुनि भेष धारण गरेर त्यसैमा एक चित्त लाएर समर्पित भए।
३. उनले भारतको टि्रनिटी वर्ल्ड विश्वविद्यालयबाट जैन दर्शन एवम् पर्यावरण विषयमा विद्यावारिधि गरे। उनी ध्यान साधनामा यत्ति निर्लिप्त भए कि उनी कुनै सांसारिक मोह बन्धनमा अल्भिmन चाहेनन्। जैन धर्मका अन्य मुनिहरुले जस्तै उनले पनि पदयात्रा प्रारम्भ गरे। उनले ३६ वर्षदेखि निरन्तर पदयात्रा गरेर भारतमा ७५ हजार किलोमिटर भन्दा बढी यात्रा गरिसकेका छन्। उनले नेपालमा पनि धेरै जिल्लाको पदयात्रा गरिसकेका छन्। यस पटक पनि उनी धनगढीदेखि नेपालगञ्ज, दा·, रुकुम, बागलुङ, म्याग्दी हुँदै मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गरी पुनः म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जाको पदयात्रा गर्दै पोखरा आएका हुन्।
४. यसअघि उनलाई भारतमा नेपाल केशरीको विभूषणबाट विभूषित गरिएको थियो। जैन समाजमा उनी माननीय र सम्माननीय भएका छन्। पूजनीय भएका छन्। मुनि समाजमा उनको स्थान उच्च छ। एक जना नेपालीले भारतमा गएर त्यो सम्मान प्राप्त गर्नु ठूलो कुरा हो। हामी नेपालीले त्यसमा गर्व गर्न सक्नु पर्दछ र उनले थालनी गरेका कार्यमा एउटा इट्टा भए पनि थपेर उनलाई अरु उच्च स्थानमा पुर्याउनै प्रयास गर्नुपर्दछ।
५. उनले मानिसलाई धर्म र सम्प्रदायभन्दा माथि उठाउने उद्देश्यले मानव मिलन संस्थाको स्थापना गरेका छन्। उनी मानव मिलन संस्थाको विभिन्न शाखाहरु गठन गर्दै अगाडि बढ्दै छन्। त्यो संस्थाको संख्या बढ्दै गएकोले अहिले उनलाई मान मिलन केन्द्रका संस्थापक भनेर सम्मान गर्ने गरिएको छ।
६. हत्या हिंसा, अपहरण जस्ता घटनाले महामारीको रुप लिएको बेला अहिंसा परमोर्धर्मको माला जप्दै हिड्नु र अपरिग्रहको अभ्यास गर्नु आफैमा चुनौतीपूर्ण छ। बुद्ध जन्मेका देशका मानिसहरुले यो कुरा राम्ररी बुझेका छन्। तैपनि निहित स्वार्थ भएका हस्तक्षेपकारीहरुको भूमिका यहाँ चको छ र अहिंसावादीले आफ्नो स्वतन्त्र अस्ितत्व कायम गर्न मुस्िकल छ।
७. अहिंसाको दृष्टिले बुद्ध धर्म भन्दा जैन धर्म अरु कडा छ। अहिंसा परमोर्धर्म भन्न जति सजिलो छ, उति व्यवहारमा पालन गर्न गाह्रो छ। व्यवहारिक हिसाबले त्यति कठिन कार्यलाई सफलतापूर्वक सम्भव बनाएर डा. मणिभद्र मुनि महाराजले धर्ममा आफ्नो स्थान उच्च बनाएका छन्। यो नेपाल र नेपालीका लागि खुशी, सन्तोष र गर्वको विषय हो। हामी जैनमुनीको अरु उत्तरोत्तर उन्नति र प्रगतिका साथै चिरायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१