पोखरा, ३२ जेठ।घाँटीको क्यान्सरले थलिएर बसेका धादिङ केबलपुर-८ का लोकनाथ आचार्यले यो लोकमा कल्याण गर्ने कोहि भेटेका थिएनन्। क्यान्सरको किमो गरेर थकित शरीर, त्यसैमाथि भूकम्पले गाउँको सानो घर पनि भत्कायो। रोगी शरीर बिसाउने ठाउँ पनि नहुँदा सुखदुखमा साथ दिने श्रीमती समेत हातको प्यारालाईसिसले केही गर्न सक्ने अवस्थामा छैनन्।
अहिले भने यो परिवारमा थोरै भएपनि खुशी छाएको छ। पोखराका युवाहरुको सहयोगले परिवारलाई राहत मिलेको छ। उपचारका लागि केही आर्थिक सहयोग मिल्यो भने दुर्इ मध्ये जेठो नातिलाई माध्यमिक तहसम्मै पढाउन समेत आड मिलेको छ। सामाजिक सञ्जालमार्फत समाजसेवामा सक्रिय भएर लागेका मेन्स रुम रिलोडेड -एमआरआर) पोखरामा आबद्ध युवाहरुले पोखरामा सहयोग सड्ढलन गरेर ७० हजार एक सय ५० गाउँमै पुगेर हस्तान्तरण गरे। धादिङका पत्रकार आशिष ठकुरीको पहल तथा लोकनाथ आचार्य बचाउ अभियानका संयोजकसमेत रहेकी धादिङ पोखरा पत्रकार समाजकी सदस्य सफलता आचार्यको सक्रियतामा एमआरआरका युवाहरुले पोखराका सडक सडकमा आर्थिक संकलन गरेका थिए। सूर्य तिमिल्सिना, सविन न्यौपाने, शिशिर देवकोटा, सन्देश क्षेत्री, नरेश भट्टराई, सुवास शर्मा, आशिष पुरी, प्रकाश श्रेष्ठ लगायतका युवाहरु हप्ता दिनसम्म महेन्द्रपुल, लेकसाईड, विरौटा, रामबजार क्षेत्रमा पुगेर सहयोग उठाएका थिए।
आफुहरुले थालेको अभियानलाई सार्थक तुल्याउन ५८ वर्षीय लोकनाथलाई ५० वर्षकै भनेर सहयोग मागे। संयोजक सफलताले भनिन् – ‘एक त पोखरा भन्दा टाढाको बुवा। भौगोलिक हिसाबले टाढा हुँदा सहयोग नउठ्ने हो कि भन्नेमा चिन्तित थियौं। तर एमआरआरका सदस्यहरुकै कारण केही भएपनि सहयोग संकलन गर्न सक्यौं।’ युनाईटेड क्लब पोखराले संस्थागत १० हजार सहयोग गरेको थियो।
लोकनाथ दोस्रो जनआन्दोलनका र्घाईते समेत हुन्। यसकै कारण घाँटीको चोटले क्यान्सर भएको उनी बताउँछन्। उनका एकमात्र छोरा जनक काठमाडौंमा धागो पसलमा काम गर्छन्। मासिक आठ हजार तलबले दुर्इ छोरा, रोगी बुबाआमासहितको परिवार पाल्नै नसकेको अवस्थामा जेठो छोरो कुमारको शिक्षाका लागि सहयोग पनि जुट्यो। ललितपुरका स्पार्क मोक्तानले एक वर्षका लागि शैक्षिक सामाग्री, एमआरआर कोरियाका प्रतिनिधि सन्तोषकुमार राईले दुर्इ वर्षका लागि १० हजार, कोरियाकै राजु बजगाईंले पनि १० हजार रकम पठाएका छन्। एक कक्षामा अध्ययनरत ५ वर्षीय कुमारलाई एमआरआर पोखराले सहयोग जम्मा गरेरै १० कक्षासम्म पढाउने संयोजक सूर्य तिमिल्सिनाले बताए। अहिले नयाँ पोशाक, झोलाका साथ स्कुल जान थालेपछि कुमार औधि खुशी भएका छन्। लोकनाथकी श्रीमती पदमकुमारी आचार्यले दैवले समेत नहेरेको अवस्थामा पोखराका छोराछोरीको सहयोग पाएको भन्दै हर्षको आँशु खसालिन्।
यसैबीच, एमआरआर पोखराले सोही अवसरमा धादिङकै जीवनपुर १ जिम्मलगाउँमा रहेको भूकम्प प्रभावित एक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। खैरेनी निम्न माध्यमिक विद्यालयलाई तीन थान कम्प्युटर एमआरआर पोखराका संयोजक तिमिल्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सुवेदीलाई हस्तान्तरण गरे। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दामोदर घिमिरे, स्थानीय रेडियो राजमार्गका स्टेशन म्यानेजर आशिष ठकुरी, पत्रकार शिवराज आचार्य लगायतको उपस्थिति थियो।
विद्यालयको शिशु कक्षादेखि कक्षा चारसम्म अध्ययन गर्ने विद्यार्थीलाई ब्रस र टुथपेस्ट पनि प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने मेन्स रुम रिलोडेड -एम आर आर) पोखराका संयोजकसहित सबैलाई सम्मान पत्र प्रदान गरिएको थियो भने एमआरआर पोखराले पनि विद्याललाई प्रमाणपत्र प्रदान गरेको थियो।
Related News
सम्बन्धित समाचार
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१