१. राजनीतिक पार्टीहरू फुट्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल फुटेको छ। यसअघि नेकपा-माओवादीका चन्द पक्षधरहरू फुटेर छुट्टै पार्टी गठन गरेका थिए। अहिले राप्रपा नेपालमा एक वर्षदेखि असन्तुष्ट रहँदै आएका पद्मसुन्दर लावती पक्षधरहरूले समानान्तर राप्रपा नेपाल गठन गरेका छन्। उनीहरूले त्यो कुरा काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन्।
२. समानान्तर राप्रपा नेपालको केन्द्रीय सदस्यको सङ्ख्या एक सय ६४ रहेको जनाइएको छ। केन्द्रीय समितिको सहअध्यक्षमा गणेश शेरचन रहेका छन्। उनी पोखराका निवासी हुन्। समितिमा छ जना उपाध्यक्ष राखिएको छ। उपाध्यक्षमा दिलविकास राजभण्डारी, प्रल्हाद शाह, सत्यमान लामा, सोनेलाल यादव, रमा थापा र रुपासिंह थापा रहेका छन्।
३. अध्यक्ष लावतीले श्याम तिमिल्सिना, बालकृष्ण न्यौपाने र राम राईलाई चयन गरेका छन् भने सहायक महामन्त्रीमा कृष्णबहादुर लामा, धनेन्द्र सुब्बा, शम्भुप्रसाद चौरासिया, सोमबहादुर बस्नेत, गणेशबहादुर पाण्डे, चन्द्रबहादुर सिंह, इन्दु अर्याललगायतका छन् भने, कोषाध्यक्षमा तीर्थप्रसाद श्रेष्ठलाई राखिएको छ। प्रवक्तामा सगुन सुन्दर लावतीलाई राखिएको छ।
४. नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी फुट्ने पार्टीहरूमा कम्युनिष्ट पार्टी छि राप्रपाको गणना हुन्छ। राप्रपा नेपाल राप्रपा पार्टीकाट फुटेर बनेको पार्टी हो। अब त्यो पार्टी पनि दुर्इवटा भएको छ। समानान्तर पार्टीले के कस्तो रूप लिन्छ, त्यो अहिले भन्न सकिने अवस्था छैन, तर पूर्वतिरका केही जिल्लामा अध्यक्ष लावतीको प्रभाव भएको मानिन्छ।
५. संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीले समानुपातिकबाट अपेक्षित मत ल्याएर संविधानसभामा चौथो ठूलो पार्टीका स्थापित भएको छ। राप्रपा नेपालका कमल थापाले आफ्ना मान्छेहरूलाई मात्र सभासद् बनाएको आरोप असन्तोष पक्षले लगाउँदै आएको छ। असन्तुष्ट पक्षले केही सुधार गर्ला कि भनी यत्तिञ्जेल कुरेको थियो तर सुधार नभएपछि उनीहरूले समानान्तर पार्टी खडा गरेका हुन्।
६. असन्तुष्ट पक्षका अध्यक्ष लावतीले हिन्दूराष्ट्र र राजतन्त्रका सम्बन्धमा कमल थापासँग आफ्नो विचार नमिलेको बताएका छन्। तर नयाँ विचार के कस्तो हो भन्ने उनले राम्ररी बताएका छैनन्। समानान्तर पार्टी घोषणा गरेपछि राप्रपा नेपालमा दौडधुप चलेको छ। सदस्यहरूलाई आफूतिर तान्ने प्रतियोगिता चलेको बताइएको छ।
७. पार्टी फुटाल्न सजिलो छ। सम्पूर्ण प्रायः पार्टी एकपटक फुटिसकेका छन्। तर, फुटेको पार्टी के कसरी सञ्चालन र व्यवस्थापन गर्ने त्यो चुनौतीपूर्ण छ। त्यो चुनौतीको सामना गर्न नसकेर अधिकांश पार्टी एकीकृत पनि भएका छन्। जति टुक्रिएर रहेका छन्। तिनीहरूको वेहाल छ। यी सबैको परिप्रेक्ष्यमा राप्रपा नेपालको स्थिति कस्तो हुन्छ, त्यो ६/८ महिनामा देखिनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१