१. आधा आकाश ढाकेर बसेका महिलाको हक-अधिकार पुरुष सरह हुनु पर्ने आवाज बुलन्द भइरहेको छ। तर जति भाषण गरिए पनि व्यवहारमा समानता आउन सकेको छैन। महिला हक-अधिकारको नारा संस्थागत रुपमा आएको पनि एक सय पाँच वर्ष भयो। तर अझै त्यो व्यवहारमा प्रभावशाली रुपमा देखिएको छैन।
२. सन १६१० मा १७ देशका महिला अधिकारकर्मीको अन्तर्राष्ट्रिय सम्मेलनले मार्च ८ लाई महिला अधिकारसँग जोडेर दिवस मनाउने निर्णय भएको थियो। त्यस बेलादेखि महिला अधिकारको मुद्दा विश्वव्यापी रुपमा उठेको छ। महिलाले आन्दोलनहरूमा पुरुषको काँधमा काँध राखी सहयात्रा गरिरहेका छन्। तर आन्दोलनको प्रतिफल अधिकांशतः पुरुषको पोल्टामा परेको छ।
३. महिला अधिकारका सम्बन्धमा मानिसलाई सचेत पार्न नारी दिवस मनाउन थालिएको हो। पहिले यो दिवस महिलाको हक-अधिकारका सम्बन्धमा मान्न थालिएको थियो भने अहिले यो सम्पूर्ण नारीको हक-अधिकारसँग सम्बन्धित हुन पुगेको छ। त्यसैले अहिले यो दिवसलाई अन्तर्राष्ट्रिय नारी दिवस भन्न थालिएको छ।
४. वर्षको एक दिन मात्र नारी दिवस मान्नु पर्याप्त नभएकाले संयुक्त राष्ट्र संघद्वारा सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी वर्ष घोषणा गरियो। नारी वर्षमा राज्यलाई नारीसम्बन्धी ऐन कानूनलगायतका विभेद गर्ने पक्षमा समानता ल्याउन राज्यको ध्यान आकषिर्त गरियो। त्यस वर्ष महिला हक अधिकारबारे निकै चर्चा-परिचर्चा भए।
५. तर त्यसले पनि पर्याप्त प्रतिफल नदिएकाले सन् १९७६ देखि १९९६ सम्म अन्तर्राष्ट्रिय नारी दशक घोषणा गरियो। यसबीचमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन भए। एसियामा चर्चित बेइजिङ सम्मेलन भयो। त्यो सम्मेलनले धेरै महत्वपूर्ण प्रस्तावहरू पारित गरेको थियो। त्यो सम्मेलनले नेपालमा निकै तरङ ल्याएको अनुभूत गरिएको छ।
६. नेपालका राजनीतिक पार्टीहरूले महिलालाई ३३ प्रतिशत आरक्षणको घोषणा गरेका सर्वविदितै छ। त्यसले नेपाली महिलामा एक किसिमको उत्साह र जागरण ल्याएको छ। तर राजनीति पार्टीहरू आफ्नो वचनबद्धतामा अडिग रहेनन्। तिनीहरूले महिलालाई अवसर दिन कञ्जुस्याई गरिरहे। जसको परिणाम राजनीतिक पार्टीका संगठनहरूमा महिला सहभागिता घट्दै गएको गुनासो व्याप्त भएको छ।
७. महिलाहरूले समान अधिकार नपाएका मात्र होइनन्, उनीहरू हिंसा पीडित पनि छन्। नेपाली नारीहरू आफ्नो अधिकारका लागि संर्घष्ा गरिरहेका छन्। उनीहरूले यस सम्बन्धमा सचेतना जगाउने असमान ऐन-कानूनको संशोधन गर्ने काम पनि गरिरहेका छन्। तर असमान धर्म, संस्कार, विधि व्यवहारमा जे-जसरी प्रहार हुनु पर्ने हो, त्यो भएको छैन। त्यसो हुँदा कागजमा जे-जति समानता लेखिए पनि महिलामाथि समान व्यवहारमा हुन सकिरहेको छैन। महिलले समान अधिकार व्यवहारिक रुपमा पाउन अझै धेरै काम गर्नु पर्ने सामाजिक अवस्था विद्यामान छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१