१. संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानको मस्यौदा तयार गर्ने क्रममा राजनीतिक दलहरू सहमतिमा पुग्न सक्दैनन् भने दलहरूले आफूलाई स्वविवेकीय अधिकार प्रदान गरे आफूले मस्यौदा तैयार गर्ने कुरा बताएका छन्। उनले आफूलाई त्यसरी अधिकार दिए आफूले १० देखि १४ दिन सम्ममा मस्यौदा तयार गर्ने सक्ने बताएका छन्।
२. सभाध्यक्ष नेम्वाङले त्यो अभिव्यक्ति व्यक्त गरेपछि राजनीतिक वृत्तमा धेरै तर· उत्पन्न गरेको छ। केहीले उनको त्यो अभिव्यक्तिलाई सकारात्मक दृष्टिबाट लिएका छन् भने कतिपयले नकरात्मक किसिमले लिएका छन्। राजनीतिक पार्टीहरूले फरक-फरक विचार व्यक्त गरेका छन्।
३. एमाओवादीले त्यसमा सबभन्दा कडा प्रतिक्रिया व्यक्त गरेको छ। त्यस पार्टीले सभाध्यक्षले स्वविवेकीय अधिकार माग्नुलाई राजा महेन्द्रले सत्ता लिएको घटना सम्झाएको उल्लेख गरको छ। त्यसले सभाध्यक्षको त्यो विचार एमाले पार्टीँग सल्लाह, परामर्श गरेर आएको शड्ढा गरेको छ।
४. नेपाली काङ्ग्रेस पार्टीले अकस्मात त्यस्तो विचार आएकोमा आर्श्चर्य व्यक्त गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाले त्यस विषयमा उनले आफूसँग परामर्श नगरिएको बताएका छन्। एमालेले भने त्यसलाई सकारात्मक भएको बताउँदै कतैबाट समस्या नसुल्झने देखेपछि उनले त्यस्तो विचार व्यक्त गरेको उल्लेख गरेका छन्।
५. केही नेताहरूले सभाध्यक्ष नेम्वाङलाई रेफ्री भनेर रेफ्रीले गोल हान्न खोजेको आरोप लगाउने गरेका छन्। सर्वसाधारण जनता भने दलहरूले संविधानको मस्यौदा तैयार गर्न नसकेको अवस्थामा उनले त्यसो भन्नुलाई स्वभाविक रूपमा लिएका छन्। उनीहरूले दलहरूले सहमति गर्ने कुरालाई गोल हाल्ने या विजय र पराजयको जुन कुरा उठाएका छन्, त्यो गलत भएको बताएका छन्। उनीहरूले मस्यौदा तयार गर्ने कामलाई त्यसरी बुझेको भए, यो निश्चय छ कि देशमा संविधान बन्ने छैन।
६. सहमति गर्नु भनेको हार्नु या जित्नु होइन। देशमो लागि सहमति गर्नु भनेको सबैले जित्नु हो। फुटबलमा पनि रेफ्रीले अतिरिक्त खेल खेलाएर पेनाल्टी दिएर पनि कसैले जितेनन् भने दुवै टीमलाई सहविजेता घोषणा गरि आÇनो कर्तव्य र उद्देश्य पूरा गर्न सक्छन्। समस्या सुल्झाउनुलाई रेफ्रीले आफैले गोल गर्न खोजेको अर्थमा बुझ्नु हुँदैन। कसैमाथि पनि अति पूर्वाग्रह राख्नुहुँदैन।
७. सभाध्यक्ष नेम्वाङले त्यसो भन्नुको पछाडि पनि उनको बाध्यता हुन सक्छ। पार्टीहरूले ४/५ वर्ष बिताएर पनि संविधान नबनाउने र उता सभाध्यक्ष मूकदर्शक भएर रहेको आरोप खेप्नुपरेको परिस्थितिजन्य अवस्थामा सभाध्यक्षबाट त्यस्तो अभिव्यक्ति आएको होला। उनले पनि वातावरण बनाएर त्यसो भनेको भए राम्रो हुने थियो। उनले भनेको नराम्रो मान्ने पार्टीहरूले उनलाई पनि बनाउन नदिने आफूले पनि नबनाउने पनि राम्रो होइन। सभाध्यक्षको त्यो अभिव्यक्तिलाई एउटा चुनौती सम्झेर नेताहरूले अब छिट्टै सहमति गरी मस्यौदा तैयार गर्नुपर्दछ। यो आजको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१