१. संविधानसभाको चुनाव भएको तीन हप्ता बितेको छ। निर्वाचन आयोगले पार्टीरूको समानुपातिकतर्फको सिट सङ्ख्या पनि तोकिसकेको छ। तैपनि राजनीतिले निर्दिष्ट दिशा लिन सकेको छैन। जित्ने उम्मेदवारहरू स्वागतमा अल्झिइरहेका छन् भने हार्नेहरू अदृश्य धाँधली भएको आरोप लगाएर मोर्चाबन्दी गर्दैछन्।
२. देश के कसरी अघि बढ्ला, त्यसको अनुमान गर्न मुस्किल छ। जित्ने पार्टीरू नेपाली काङ्ग्रेस र एमाले के कसरी बढी पद प्राप्त गर्ने भनेर आ-आफ्नै सुरमा लागिरहेका छन्। एमाले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनुपर्दछ भनेर कराइरहेको छ भने नेपाली काङ्ग्रेस उनीहरूको चुनाव हाल नगरेर संविधान जारी छिटो गर्ने भनेर पन्छाउने प्रयासमा छ।
३. सबभन्दा नजिकका भनिएका काङ्ग्रेस र एमालेमा आएको यो फरक मतले चुनावमा उत्पन्न भएको उत्साह क्रमशः सेलाउने हो कि भन्ने आशड्ढा उत्पन्न भएको छ। अस्ति मात्र ती दुर्इ पार्टीबीच भएको तीन बुँदे सहमतिले केही आशा भने देखाएको छ।
४. दलहरूबीच धेरै पटक सहमति हुन्छ। सैद्धान्तिक रूपमा उनीहरू सहमति जनाउँछन्। तर जब व्यवहारमा त्यो सहमति लागू गर्ने बेला आउँछ, त्यसबेला उनीहरूबीच फासला बढ्दै जान्छ। यो सहमतिको परिणति के हुने हो, त्यो २/३ हप्तामा देखा पर्ने छ। त्यतिबेलासम्म सबैले यसलाई आशाको दृष्टिले हेरिरहनेछन्।
५. उता हिजोको तुलनामा हारेका अधिकांश पार्टीले मोर्चाबन्दी गरी अघि बढ्ने निर्णय गरेका छन्। तिनीहरूले धाँधली भयो भनेका छन् तर धाँधलीको प्रमाण देखाउन सकेका छैनन्। त्यसैले तिनीहरूले त्यो धाँधलीलाई अदृश्य धाँधली भनेका छन्। अदृश्य धाँधलीलाई के कसरी हटाउने हो, त्यो समस्या छ।
६. तिनीहरूले धाँधलीको छानबिन नगरेसम्म संविधानसभामा नजाने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन आयोगले तिनीहरूलाई ऐनअनुसार निर्वाचन अदालत जाने बाटो देखाएको छ। तर तिनीहरू अदालत जानुभन्दा राजनीतिक रूपले त्यसको निराकरण गर्नुपर्नेमा दबाब दिँदैछन्। निवारणको बाटो के कस्तो हुने हो, त्यो निश्चय छैन।
७. राजनीतिको आकाशमा फेरि कालो बादल मडारिन थालेको छ। नेताहरू अझै चेतेका देखिँदैनन्। उनीहरू आ-आफ्नै डम्फु बजाएर पहिलेझैं नाच्न थालेका छन्। जुन नाच ताण्डव नाचमा परिणत भयो र संविधान बन्न सकेन। दुर्भाग्यको सिर्जना भयो र संसारमा नै नभएको संविधानसभाको दोस्रो चुनाव गर्नुपर्यो। एक युगमा एकपटक आउने भनिएको संविधानसभाको चुनाव हामीकहाँ दोस्रो पटक भएको छ। तैपनि हाम्रो क्षितिज प्रष्ट देखिएको छैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१