१. उद्यमी तथा व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा काठमाडौंमा बुधबार शान्ति र्याली निकालेर नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको बन्द हड्ताल तोडेको छ। शान्ति र्यालीमा अन्य पेशा र व्यवसायीहरूको ठूलो संख्यामा उपस्थिति थियो। र्यालीमा यातायात व्यवसायमा लागेका संघसंस्थाहरूको उत्साहप्रद उपस्थिति थियो।
२. ३३ दलीय मोर्चाले २५ गते आमहड्ताल गरी २६ गतेदेखि मङ्सिर ५ गतेसम्म यातायात बन्दको आह्वान गरेको छ। मोर्चाले चुनाव बहिष्कार र गर्ने उद्देश्यमात्र होइन, चुनाव बिथोल्ने उद्देश्यले त्यो बन्दको आह्वान गरेको थियो। नेपाल उद्योग वाणिज्य महासंघले नेकपा-माओवादीका नेताहरूलाई भेटेर बन्द फिर्ता लिन अनुरोध गरेको थियो।
३. महासंघले ३३ दलले उठाएको कुरा राजनीति भएको र राजनीतिका कुरा राजनीतिकस्तरबाट नै समाधान गर्न तथा राजनीतिका कुराले उद्योग व्यवसायलाई नोक्सान हुने काम कुरा गर्न नहुनेतर्फ प्रस्तुत गरेको छ। बन्द हड्तालले देशको आर्थिक अवस्था दयनीय बन्दै गएकोले आफूहरूले बन्द हडताल तोड्न बाध्य भएको जनाएको छ।
४. यसअघि एकपटक एकीकृत माओवादीले पनि अनिश्चितकालीन बन्दको घोषणा गर्दा त्यो अनिश्चितकालीन बन्द छ दिनपछि तोडिएको थियो। त्यसबेला पनि नेपाल उद्योग वाणिज्य महासंघलगायतका पेशागत संघसंस्थाहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। आफ्नो हड्ताल तोडेकोमा त्यो पार्टीक्रुद्ध भएको थियो।
५. राजनीतिक नेताहरूले बन्द र हड्ताललाई आफ्नो प्रभाव देखाउने सजिलो माध्यम सम्झेका छन्। उनीहरूले त्यस्तो बन्दले आर्थिक स्थितिमा के कस्तो प्रभाव पर्दछ, त्यसको ख्याल गर्दैनन्, या देशको स्थितिको वास्ता गर्दैनन्। महासंघका अनुसार एक दिन नेपाल बन्द गर्दा दुर्इ अर्ब बढी नोक्सान हुन्छ।
६. सरकारले पनि यसपटक बन्दको उल्लङ्घन गर्दा तोडफोड भएका गाडीहरूको ९० प्रतिशतसम्म क्षतिपूर्र्ति दिने निर्णय गरेको र ५० हजारसम्मको क्षतिपूर्र्ति तत्काल दिने गरेकाले यातायात व्यवसायीहरू र्यालीमा उत्साहसाथ सहभागी भएका थिए। महासंघले जिल्लामा पनि त्यस्तै र्यालीको आयोजना गर्न आफ्ना मातहतका संघहरूलाई आग्रह गरेको छ।
७. ३३ दलीय मोर्चाले अब आफ्नो निर्णय फिर्ता लिनु पर्दछ। जनताकोर्र् इच्छाविपरीत निर्णय गर्दा त्यसको परिणाम के हुन्छ भन्ने कुरा त्यसले सोच्नु पर्दछ। जनताका लागि गरेको भन्दैमा जनता मान्ने पक्षमा हुँदैन। जनताले उचित अनुचित छुट्याउन सक्छन्। हामीले यो बन्द फिर्ता लिन यसै स्तम्भमार्फत् आग्रह गरेका थियौं। अझ पनि हामी भन्छौं कि जनतालाई कष्टकर हुने यस्तो बन्द हड्ताल कसैले नगरोस्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१