१. निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा एक-एक जना शाखा अधिकृतसरहको पद स्थापना गरी आचारसंहिता अनुगमन गर्ने भएको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले त्यो व्यवस्था गरेको जनाएको छ।
२. आयोगको यो व्यवस्थाले जिल्लास्तरमा आचारसंहिता कार्यान्वयनको स्थितिको अनुगमन गर्न र उल्लङ्घन भएको अवस्थामा कारबाहीलाई सहज बनाएको छ। जिल्लामा त्यस्तो उल्लङ्घनको घटना बारे कारबाही गर्न मुस्किल परेको अवस्थामा केन्द्रले त्यस्तो कारबाही गर्ने छ।
३. निर्वाचनलाई स्वच्छ, निस्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न आचारसंहिता महत्त्वपूर्ण कडीको रूपमा रहन्छ। त्यसैले आयोगले त्यसको पालनामा जोड दिएको हो। तैपनि कहिँकतै आचारसंहिताको उल्लङ्घन भएको घटना समाचारमा आएको छ। तर गम्भीर किसिमको उल्लङ्घन भने भएको छैन।
४. चुनावको सरगर्मिता बढ्दै गएको छ। कहिँकतै उम्मेदवारहरूको टोलीका बीच जम्का भेट हुने गरेका छन्। त्यसरी भेट्दा कतिपय ठाउँमा सौहार्दता व्यक्त गरी आ-आफ्नो लक्ष्य स्थानमा जाने गर्दछन् भने कतै त्यहीँ विवाद पनि गर्ने गर्दछन्। प्रचार-प्रसारमा तानेको बेलामा त्यस्तो विवादले नराम्रो परिणाम दिन सक्दछ।
५. निर्वाचन आयोगले आचारसंहिताको पालना गर्न गरेको आग्रह सामयिक र महत्त्वपूर्ण छ। उम्मेदवारहरूदेखि सरकार र अन्य संस्थाहरूले पनि आचारसंहिताको पालना गर्नुपर्दछ। कतिपय पत्रपत्रिका एक पक्षीय प्रचारमा संलग्न रहेमा त्यसमा पनि निर्वाचन आयोगको दृष्टि जाने गर्दछ।
६. आचारसंहिताको पालनाले अनावश्यक प्रतिस्पर्धा हुँदैन। आपसमा बैमनस्यता भाव बढ्दैन। अनावश्यक खर्च हुँदैन। वातावरण प्रदुषित हुँदैन। ती सबैको ख्याल राखेर आचारसंहिताको व्यवस्था गरिएको हो। फेरि निर्धारित आचारसंहिता पालनामा पार्टीहरू सबैको सहमति छ। त्यो पालना गर्न तिनीहरू बचनबद्ध पनि छन्।
७. आचारसंहिता उल्लङ्घनका सा-साना घटना बाहिर आएका छन्। खास गरेर तराई-मधेस क्षेत्रमा त्यस्तो घटना बढी भएका छन्। कतै दुर्इ पक्षबीच भिडन्त भएका छन्। प्रचार सामग्री खोस्ने काम भएका छन्। त्यस्ता घटनालाई तुरुन्त रोक्नुपर्दछ। संहिताको उल्लङ्घन गर्नेलाई समयमै नसिहत दिई कारबाही गर्नुपर्दछ ताकि त्यस्तो घटना फेरि दोहोरिने र फैलने नहोस्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१