१. नेपाल एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो। यो मुलुकमाथि धेरैले गिद्धे आँखा लगाए। तर हाम्रा पुखाले तिनीहरूको त्यो प्रयास सफल हुन दिएनन् र यसलाई सधैं स्वतन्त्र राखे। जसको आज हामी गर्व गर्दछौं। ऐतिहासिक कालदेखि स्वतन्त्र रहेको मुलुक आज राष्ट्र र राष्ट्रियताको दृष्टिले कमजोर भएको छ।
२. देशमा विदेशी हस्तक्षेप र चलखेल बढ्दो छ। जति हामी कमजोर हुँदैछौं र जति हाम्रो राजनीतिक अवस्था अन्यौलग्रस्त बन्दै गएको छ। उति त्यो हस्तक्षेप बढ्दै गएको छ। विदेश जासुसहरू खुल्लम खुल्ला यहाँ आउने हाम्रा नेताहरूलाई भेट्ने गर्दछन्। अब त विदेशी बर्दी लगाएका प्रहरीहरू पनि हतियार लिएर नेपाल पस्ने भएका छन्।
३. देशमा नेतृत्व गर्नेहरू कमजोर भएपछि अरुले पेल्नेरहेछन् भन्ने कुराको उदाहरण नेपालको वर्तमान अवस्था भएको छ। नेताहरूलाई आपसमा लड्नमा फुसद छैन। उनीहरूले राष्ट्र र राष्ट्रियता कस्तो अवस्थामा पुग्यो भनेर एकपटक सिंहावलोकन गरेका छैनन्। बरु सत्ता प्राप्तिका लागि विदेशीको आशीवाद थाप्ने गरेका छन्।
४. अब एउटा महत्त्वपूर्ण चुनाव आएको छ। चुनावबाट देशको स्थिति सुध्रिएला, संविधान निर्माण होला र स्थिर सरकार गठन होला भन्ने नेपाली जनताको आशा अपेक्षा रहेको छ। तर त्यो आशा अपेक्षा के कति पूरा हुने हो, त्यो भन्न सक्ने स्थिति छैन। चुनाव बिथोल्न खोज्नेहरू उत्तिकै सक्रिय भएर देखा परिरहेछन्।
५. हाम्रा चुनावमा विदेशीहरू पनि सक्रिय भएका छन्। पहिले विदेशीहरू पर्यवेक्षणका लागि सक्रिय हुन्थे तर अहिले उनीहरू त्योभन्दा अघि बढेका छन्। केही विदेशीहरूले नेपाल आएर चुनाव बिथोल्नुपर्दछ समेत भनेका छन् भने केहीले यस्तालाई भोट देऊ र उस्तालाई भोट देऊ समेत भनेका छन्।
६. नेपालमा आएर र नेपालमा बसेर त्यस्तो भन्नु सरासर गलत हो। त्यो हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप हो। तर यसबेला हाम्रो मति ब्रि्रेकोले त्यसलाई हस्तक्षेप भनिएको छैन। विदेशीले आफ्नो पक्षमा बोले ताली बजाएर स्वागत गर्ने अर्को पक्षमा बोले हस्तक्षेप हुने परिभाषा नेपालमा बढ्दै छ।
७. हिजो नेपालमा विदेशी हस्तक्षेप भएकोमा गुनासो गरिन्थ्यो भने अब हस्तक्षेपका लागि आमन्त्रण गर्ने स्थिति आउन थालेको देखिन्छ। सबै पार्टीले आ-आफ्नो सिद्धान्त र पक्षका विदेशीलाई नेपालमा निम्त्याएर आफ्नो पक्षमा बोल्न लगाए, स्थिति कस्तो होला, बुझ्नुपर्ने कुरा यो हो। यो गम्भीर मामिलामा नेताहरू सजग र सतर्क हुनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१