इतिहासमा लुकेको पोखराको के.आइ.सिंह पुलको रहस्य

आदर्श समाज सम्वाददाता
असार २५, २०७०

पर्यटकीय नगरीको रूपमा रहेको पोखरा विश्वमै प्रख्याती पाएको अद्वितीय ठाउँ हो। यहाँको संस्कृति, मानव इतिहासलाई प्रस्तुत गरेर मान्छेहरूको जिज्ञासालाई आल्हादित पार्ने सम्पदा हो भने यहाँको प्राकृतिक बनोट र छविछटा पर्यटकहरूलाई मनमुग्ध पार्ने आर्श्चर्यको खानी हो। तीमध्ये पोखरा-१६ को के.आइ.सिंह पुल, ऐतिहासिक ज्ञान र प्रकृतिको आर्श्चर्यलाई उद्घाटन गर्ने प्राकृतिक देन हो। यसलाई हर्र्न, बुझन प्रतिदिन स्वदेशी र विदेशी पर्यटक सयौँ सङ्ख्यामा आउने गर्दछन्।

पोखरा उपमहानगरपालिका वडा नं. १६ र १ लाई जोड्ने सेती नदीमाथिको पुल हो-के.आइ.सिंह पुल। यो कुरा सबैलाई थाहा छ। तर खास के.आइ.सिंह पुल कुन हो र किन यसको नाम के.आइ.सिंह भयो, तथा के.आइ.सिंह भनेको व्यक्ति को हो भन्ने कुरा धेरैलाई थाहा छैन । यहाँसम्म कि के.आइ.सिंह पुल भनेको, चीन सरकारको सहयोगमा गाइघाट अर्थात् सिम्पानी पारीपट्टि  बाँधेर पोखरा उपत्यकाको धेरैजसो धानखेतमा सिंचाइँ गर्न बनाइएको नहर निर्माणको बेला बनाइएको आधुनिक पुललाई नै के.आइ.सिंह पुल हो भन्ने गलत जानकारी मान्छेहरूमा रहेको बुझिन्छ। वास्तवमा के.आइ.सिंह पुल, त्यो नवनिर्मित पुल जसमाथि भीमकालीपाटन वा बगर बजारबाट लामाचौर र बाटुलेचौर वा महेन्द्र गुफा जाने कालोपत्रे -पीच) बाटो बनेको छ, त्यो होइन।

खास के.आइ.सिंह पुल, त्यो नयाँ पुलबाट, पारीपट्टकिो गोर्खा मेमोरियल म्यूजियम तिर जाँदा, बायाँपट्टिकरीब आठ-१० मिटर पर, सेती नदीमाथि बनेको पुरानो र कङ्व्रिmटले बनेको पुल नै के.आइ.सिंह पुल हो। त्यो पुलबाट मान्छेहरू अहिले पनि ओहरदोहोर गर्न सक्छन्। तर आजकाल यसलाई कसैले प्रयोग गर्दैन। पुललाई राम्ररी नै हर्र्न-देख्न सकिन्छ, तापनि घाँस र बुट्यानहरूले त्यो पुललाई छपक्क ढाकेको छ।

पोखराको लागि के.आइ.सिंह पुल ऐतिहासिक महत्व र प्राकृतिक आर्श्चर्यको ठाउँ त छदै छ किनभने पोखरामा सबभन्दा पहिले सिमेण्ट कङ्क्रिटले ढलान गरेर बनेको पुल के.आइ.सिंह  पुल हो। साथै पोखरा घुम्न आउनेहरूको लागि प्रकृतिको आर्श्चर्यमय करामतले छक्क पार्ने गरी आनन्द दिने पर्यटकीय स्रोत पनि हो। करिब ४००-५०० फिट (२००-३०० मिटर) गहिरो, तरवारले दुर्इ फ्याँकपारी काटेकोजस्तो भीरपहराको तल्लो भागको साँगुरो भीरपहराको, कापबाट खेल्दै-उफ्रदै बगेको सेती नदीलाई के.आइ.सिंह पुलबाट हेर्दा, बानी नपरेका नयाँ मान्छेहरू रि·टा लागेर लड्थे। आजकल सँगैको नयाँपुलबाट मान्छेहरू -यात्रुहरू) हिँड्छन् र सेतीको प्रवाहलाई, त्यही नयाँ पुलबाट हर्र्ने गर्छन्। अहिले पनि नयाँ मान्छेहरू त्यसरी हेर्दा रि·टा लागेको अनुभव गर्छन्। तर खस्ला भन्ने डर भने छैन। किनभने पुलको दुबैतिर बलिया रेलिङहरू छन् र रेलिङसँगै जोडेर, एकदेखि साढे एक मिटर फैलिएका, मोटामोटा तारको जाली पनि बिछ्याइएको छ ताकि केही गरी लडीहाले भने पनि जालीले तल खस्नबाट रोकोस्।

अब पुलको नाम के.आइ.सिंह किन र कसरी रहन गयो भन्ने इतिहासको रहस्य फुकाउनतर्फ लागौ ।

कुनै कुरा रहस्यमय भयो र त्यो रहस्य खोलिएको छैन भने स्वाभाविक रुपले मान्छेमा खुल्दुली जाग्छ, ठूलो अभिरुचीको विषय वा प्रस· हुन्छ। त्यस्तो अवस्थामा आफूलाई बुज्रुक भनी कहलाउन चाहने, मनगढन्त रूपले चटकी कुरा गर्ने मान्छेहरू पनि हुन्छन्। तिनीहरूले आफ्नो महत्व देखाउन कुनै किसिमको असत्य कथा पनि बनाउँछन्, सुनाउँछन्। त्यस्तै पृथ्वीनारायण क्याम्पसमा एक जना परम् मित्रले, के.आइ.सिंह पुल को नाम किन रहृयो – भन्ने चर्चा चलिरहेको बेला, उहाँले यस्तो भन्नुभयो, “२००८ सालको सिंह दरवार काण्ड पछि डा. के.आइ.सिंह  चीन तिर भागेर जाँदा, त्यही पुल राखेको ठाउँ (अर्थात, पुल नबनेको बेला) उफ्रर पारी गएको हुनाले, उसैको नामबाट के.आइ.सिंह पुल भएको हो।” त्यो सुनेर आर्श्चर्यचकित हुँदै, मैले मित्रलाई भने “तपाईँजस्तो इतिहासमा डाक्टर (विद्यावारिधि) गरेको, इतिहासविद्ले समेत यस्तो भन्नु भएपछि, अरूले के भन्ला ?”

मैले पनि विद्यावारिधि गरेको र मेरो विद्यावारिधिको शीर्षक “नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन” भन्ने भएकोले र त्रिभुवनकै समयमा के.आइ.सिंहले सिंहदरबार काण्ड गरेको हुँदा, त्यसमा पनि मैले अनुसन्धान गरेको हुनाले, मैले मित्रलाई यस्तो भने “हर्र्नुस्, के.आइ.सिंह ले सिंहदरबार २४ घण्टासम्म असफल कब्जा गरेपछि, उनी भागेर जाँदा पोखरा आएका होइनन्। बालाजूको बाटो हुँदै रसुवा जिल्लाको गढी पार गरेर चीन गएका हुन्।” यसपछि उहाँ फेरि बोल्नु भएन र मसित प्रश्न गरेर कुरा खोतल्न लाग्नु पनि भएन। यही कुराको घरीघरी सम्झना हुँदा र मान्छेहरूको जिज्ञासा पूरा गर्न, पुलको नाम के.आइ.सिं किन र कसरी रहन गयो भन्ने कुराको सत्य-तथ्य जानकारी दिनका लागि कलम समातेको हुँ।

त्यसबेला म २० वर्षको थिएँ। पुल बन्नुभन्दा अगाडि त्यहाँ पाँच-छ वटा सिङ्गो बाँसहरू ओछ्याएको र बीच-बीचमा बाँसलाई अड्याउन, चौडाइबाट फलेकका टुक्राहरू बाँधिएका हुन्थे। दायाँ बायाँ-बासकै रेलिङ् ठड्याएको हुन्थ्यो। करिब दुर्इ-तीन फिटमात्र चाक्लो -चौडाइ) भएको फड्के (पुल) बाट मान्छेहरू ओहोर-दोहोर गर्थे। गाईवस्तु हिडाउँदैनथे।

२०१४ सालमा, डा. केआइ.सिंहलाई तत्कालीन राजा महेन्द्रले चीनबाट बोलाएर प्रधानमन्त्री बनाए। उनले आफ्नो मन्त्रिमण्डलमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई शिक्षा मन्त्री बनाएका थिए। २०१४ सालमा डा. के.आइ.सिंह र देवकोटा बाटुलेचौरमा आएका थिए। उनीहरूलाई हालको विन्ध्वासिनी मा.वि. भित्रको ठूलो बरको रुख मुन्तिर राखेर बाटुलेचौरवासीहरूले स्वागत गरेका थिए।

जनकवि केशरी धर्मराज थापाका माहिला छोरा, कुञ्जराज थापाद्वारा, उहाँले आफ्ना पिताद्वारा प्राप्त गर्नुभएको जानकारीअनुसार केआइ.सिंहले उहाँका पिता धर्मराज थापालाई शिक्षामन्त्री बनाउन राजा महेन्द्रलाई सिफारिस गरेका थिए। तर महेन्द्रले महाकवि देवकोटालाई शिक्षामन्त्री बनाउनु भनेपछि देवकोटा शिक्षामन्त्री भएका थिए। रक्षादलको सहयोगमा २००८ सालमा जेलबाट निस्केर २४ घण्टा सिंहदरबार कब्जा गरेका थिए। तर असफल भएपछि चीनतिर भागेका थिए। धर्मराज थापा के.आइ.सिंह समर्थक मान्छे भएको हुँदा यही प्रस·लाई लिएर धर्मराज थापाले स्कुल स्कुलमा आएर

“कहाँ गयौ ए वीर के.आइ.सिंह सिंहदरबार झयालखाना तोडेर –

चोर पनि होइनौ तिमी, डाँका पनि होइनौ।

सामन्तीको इशारामा नाँच्ने पनि हौइनौ।

धन्य वीर ! हे वीर के.आइ.सिंह, कहाँ गयौ झयालखाना तोडेर -”

भन्ने गीत गाएर सुनाएको यो लेखकले सुनेको हुँ। धर्मराज थापाका छोरा कुञ्जराजका अनुसार २०१५ सालको आमचुनावमा के.आइ.सिंहको संयुक्त प्रजातन्त्र पार्टीीा लागेर धर्मराज थापाले, के.आइ.सिंहको पार्टीीो चुनाव चिन्ह, धानको बालाको गीत बनाएर, “धानको बाला झुल्यो हजुर देशै रमाइलो” भनेर प्रचार पनि गरेका थिए। उहाँको भनाइअनुसार २०१४ सालको तिहारको वातावरण भएको दिन डा. के.आइ.सिंह, लक्ष्मीप्रसाद देवकोटा र धर्मरत्न यमी -अहिलेका एमाओवादीकी नेतृ, हिसिला यमीका पिता) बाटुलेचौर आएर उहाँको घरमा बसेका थिए। त्यस बेला विन्ध्वासिनी स्कूलनजिकको वरको रुखमुनि धर्मराजको अध्यक्षतामा कवि सम्मेलन पनि भएको थियो। त्यही सम्मेलनमा सिंहले पुल बनाउन छ हजार आइ.सी. दिने घोषणा गरे। देवकोटाले पनि एक हजार रुपैयाँ र धर्मराजले पाँचसय रुपैयाँ दिने घोषणा गरे। जनताबाट पनि सक्दो चन्दा दिने भयो। ती सबै रकम जम्मा भएपछि जगदीश थकालीलाई राख्न दिइयो। त्यसपछि पुल बनाउने काम सुरु भयो। यस काममा बाटुलेचौर निवासी पं. मुक्तिनाथ र देवीबहादुर बस्नेतको पनि ठूलो हात थियो। -५/१/१२/०६९ मा धर्मराज थापाज्यूकै घरमा, कुञ्जरासँग भएको कुराकानी)।

मलाई जानकारीमा आएअनुसार हाल दिवंगत विद्वान्, बुद्धिजीवी र राजनीतिज्ञ ‘को अछुत’ पुस्तकका स्रष्टा, पोखरामा प्रख्यात भएका पण्डित मुक्तिनाथ शर्मा र जनकवि केशरी धर्मराज थापा आदि प्रभावशाली व्यक्तिहरूले के.आइ.सिंहसँग सेती नदीमा पक्की पुल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। के.आइ.सिंहले उहाँहरूको अनुरोध-आग्रहलाई स्वीकार गरेर चार हजार रुपैयाँ दिने बचन दिनु भयो। पछि रकम लिन जाँदा भारु. २५०० तदनुसार चार हजार रुपैयाँ दिई पठाएको जानकारी बाटुलेचौरका समकालीन समाजसेवी बुज्रुकहरू जस्तै यमनाथ देवकोटा, देवीबहादुर बस्नेत आदिबाट थाहा पाएको हो।

भारतीय रु. २५०० पाएपछि २०१४ सालमै पुलको मोटामोटी इस्टमेट भयो। इस्टमेटअनुसार रकम नपुग भएपछि पं. मुक्तिनाथ र धर्मराज थापाको अनुरोध, आग्रहले पछि भारु १३०० पनि उहाँहरूको हातमा के.आइ.सिंह ले दिई पठाए। अन्तमा २०१७ सालमा पुलको निर्माण कार्य सुरु भयो। पुलको निर्माण कार्यमा, कुँडहरमा सिंचाइँ कुलो निर्माणका लागि, हिन्दूस्तानमा सेनामा नोकरी गरेका नेपाली सेनाहरूको नाममा सङ्ग्रह भएको फण्ड -रकम) को उचित व्यवस्था गर्न बनेको इण्डियन ट्रष्टसँग सम्बन्धित भई इण्डियाबाटै खटी आएका इञ्जिनियर छज्जुराम गोथसेको निगरानीमा २०१७ सालमा पुलको निर्माण कार्य सुरु भयो।

यो पुल निर्माणमा अर्मला, लामाचौर, बाटुलेचौर र घार्मीका जनताले श्रमदान गरे। पोखरा बजारबाट अमृतप्रसाद थकाली र जगदीश थकालीले मात्र श्रमदान गरेको र अरू बजारवासीहरूले नगरेको भन्ने कुरा बाटुलेचौर निवासी प्रख्यात व्यक्तित्व यमनाथ देवकोटा -हाल दिवंगत) बाट जानकारी पाएको थिएँ। उहाँका अनुसार श्रमदान दिन सयौँ मान्छेहरू आए पनि व्यवस्थापन मिलाउन नसक्दा पहिलो दिन काम हुन सकेन। भोलिपल्ट एक सय जनाले सिमेन्ट मुछ्ने र पहिलो बीम ढलान गर्ने काम भयो। त्यसको भोलि पल्ट काम त धेरै भएको, तर अघिल्लो दिन सिमेन्टले हात गोडा खाएकोले धेरै मान्छे काम गर्न आएनन् र अर्का बीम आधामात्र ढलान भयो। यस अवस्थालाई लिएर इञ्जिनियर छज्जुराम गोथसेले, “नेपाली लोग कैसा बुबक है,  अपना विकास काम मे भी नही आते है। पण्डितजी क्या है ऐसा -” भनेर मुक्तिनाथलाई सोध्दा, मुक्तिनाथको यस्तो जवाफ थियो- “नेपाली लोग आज आजाद है, और कल भी आजाद रहेगा। विदेशीयाँ के बूटके नीचे नही रहा है। इसि लिए नेपाली के आजादी की आदत है।”

मान्छेहरूको भनाइ खासगरी रकम सहयोगको कुरामा फरक-फरक भनाइ भए पनि, डा. के.आइ.सिंहकै देन, सहयोग, अनुदानबाट पुल बनेको कुरामा कसैको दुइमत छैन, जसले गर्दा पुलको नाम नै के.आइ.सिंह  पुल हुन गयो।

Related News

सम्बन्धित समाचार

hero news full width