१. नेकपा-माओवादी पार्टीको पोखरामा सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसभाको चुनाव विथोल्ने निर्णय गरेको समाचार बाहिर आएपछि मानिसहरू स्तब्ध भएका छन्। त्यस पार्टीले चुनाव विथोल्ने निर्णय गरे पनि सम्वादका लागि केही ठाउँ पनि बाँकी राखेको छ। जसले सम्भावनाको झिनो आशा देखाएको छ।
२. नेकपा-माओवादी भरखरै एमाओवादीबाट फुटेको हुँदा त्यसले आफ्नो छुट्टै अस्तित्व र प्रभाव देखाउने तथा पार्टीक्रान्तिकारी धारमा रहेको आफ्ना कार्यकर्तालाई देखाउन त्यसले बल पुर्याएको हुनुपर्दछ। कार्यकर्तामा त्यसले रोमाञ्चकता ल्याएको हुनुपर्दछ। उग्र विचार भएका केहीले पनि बल्ल पार्टीफुटेको औचित्य भएको पनि सम्झेको हुनुपर्छ।
३. नेकपा-माओवादी पार्टीको त्यो निर्णय सुन्दा जति क्रान्तिकारी भावना आउन सक्छ, त्यति नै त्यसले २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनको उपलब्धि गुम्ने खतरा पनि रहन्छ। देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ। संविधान छैन, संसद् छैन। शासन सत्तामा राजनीतिक पार्टीको भूमिका गौण हुँदैछ।
४. कर्मचारीको सरकार छ। चुनाव गराएर संवैधानिक बाटो गमन गर्नु आजको आवश्यकता हो। चुनाव भएमा नै पार्टीको सरकार गठन हुन सक्छ। चुनावबाट गएको स्थिर सरकार भएमा नै राष्ट्र र राष्ट्रियता बलिलो हुन सक्छ र अध्यक्ष वैद्यले भनेझै विदेशी चलखेल रोकिन सक्छ। विदेशी चलखेल रोक्नु नितान्त आवश्यक छ।
५. तर हामी मुखले विदेशी चललेख रोक्नुपर्दछ भन्ने तर स्थिति भने विदेशी चलखेललाई अनुकूल हुने बनाउनु उचित होइन, हिंसा र प्रतिहिंसाका पीडादायी स्थिति हामीले भोगिसक्यौ। त्यो कति दर्दनाक हुन्छ भन्ने कुरा यहाँ उल्लेख गर्नु परोइन। त्यही कुरा दोहोर्याउन नेपाली समाज कदापि तैयार छैन।
६. हामी जति कमजोर हुन्छौ, विदेशी हस्तक्षेप त्यति बढ्छ, यो एक यथार्थ हो। विगतको इतिहासले हामीलाई यही सिकाएको छ। राजनीतिमा अवसरवादीहरूको सङ्ख्या बढ्दैछ। अवसर र स्वार्थीको खोजीमा विदेशको शरणमा जानेहरू बढ्दैछन्। विकास ठप्प छ, उद्योगधन्दा बन्द छ। यस्तो अवस्थामा द्वन्द्व र हिंसालाई बढाउनु उचित हुँदैन।
७. राजनीतिक पार्टीहरू र सरकारले पनि नेकपा माओवादीले वार्ताको ढोका बन्द गरेको छैन। त्यसले वार्ताको ढोका बन्द नगर्नुको अर्थ वैधानिक बाटोतिर जान चाहेको प्रमाण हो भन्ने सम्झेर त्योसँग तुरुन्त वार्ता गर्नुपर्दछ र त्यसका जायज मागहरू पूर्ति गर्नुपर्दछ, जसरी पहिले गिरिजाप्रसाद कोइरालाले गरेका थिए। उदार हुन पनि जान्नुपर्दछ। उदारता देखाउनु सत्ता पक्षको काम हो भने न्यूतम् कुरा पूरा भएपछि चुनावमा सहभागी हुनु नेकपा-माओवादीको काम हो। नेकपा- माओवादीलाई वार्ता नत्याग्न र जस्तोसुकै परिस्थितिमा पनि वैधानिक बाटो नछाड्न आग्रह गर्दछौ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१