१. जनता र नेता एक अर्काका सहयोगी मानिन्छन्। नेता जनताबाट छानिएर जाने भएकाले नेताले जनभावना राम्ररी बुझ्छन् भनी भन्ने गरिन्छ। तर हामी कहाँ नेता र जनताबीच धेरै फासला बढेको छ। नेताले जनभावनाअनुसार काम नगरेको धेरै गुनासो आउने गरेको छ। उनीहरुले जनभावनाअनुसार काम नगर्नेमात्र होइनन् कि जनभावनालाई कुल्चने पनि गरेका छन्।
२. खास गरेर राष्ट्रियताका सवालमा जनता र नेताहरुको भावना ठीक विपरित दिशा र्फकेको पाइन्छ। जनता अहिले राष्ट्रियतामा धेरै खडेरी परेको महसूस गर्दैछन्। देशमा विदेशी चलखेल बढिरहेको छ। हरेक क्षेत्रमा विदेशीले डिक्टेशन गराइरहेका छन्। उनीहरुकमो कदम एकपछि अर्काे पक्षमा बढिरहेको छ।
३. तर हाम्रा नेताहरु कसैले पनि खुल्लम खुल्ला किसिमले विदेशी चलखेल बढ्यो, त्यो रोक्नु पर्दछ भन्न सकेका छैनन्। यतिसम्मकी सीमा अतिक्रमण भएको पनि सबैले टुलुटुलु हेेरिरहेका छन्। मिच्नेले मिची रहेछन्, हाम्रा नेताले मौन स्वीकृति दिएर उनीहरुलाई प्रोत्साहित गरिरहेका छन्।
४. हिजो कहिँकतै नेताहरुले राष्ट्रियताको कुरा गर्दथे। सीमा मिचेको कुरा उठाउँथे। कहिलेकाँही नारा जुलुश पनि गर्दथे। तर अब ती सबै भावना हराएको छ। कालीपानीको कुरा सेलाएको छ। सुस्ताकाण्ड बिर्सेझैं भएको छ। दशगजा सारिएको सञ्चारमाध्यमले देखाउँदा पनि नेताहरुले आँखा खोले हेरेका छैनन्। कुनै प्रतिक्रिया निकालेका छैनन्।
५. हिजो राजनीति राष्ट्रियताको लागि गरिन्थ्यो। कुनै पनि पार्टीो सबभन्दा पहिलो मुद्दा राष्ट्रिय हुन्थ्यो। राष्ट्रियताको लागि बलिदान दिन तैयार भएको अभिव्यक्ति दिने गर्दथे। तर अहिले राष्ट्रियता टिकाउ चिजजस्तो भएको छ। त्वम शरणम् गरी विदेशीको सामु लम्पसार पर्नु ठूलो नेता बन्नु भएको छ।
६. अन्य राष्ट्रको विरुद्ध नाराबाजी गर्नुलाई हामी राष्ट्रियता भन्दैनौं। तर नेपाली राष्ट्रियतामाथि हस्तक्षेप गरेकोलाई हेरिरहनु र सहिरहनु हुँदैन भन्ने हाम्रो विचार हो। त्वम् शरणम गरी कति लम्सार पर्ने हो, त्यसको ख्याल राखिनु पर्दछ। सत्ता र स्वार्थ कै लागि भए पनि केही सीमा हुनुपर्दछ।
७. विदेशीको गोटी बनेर कति साध्य हुन्छ ? के हाम्रो आफ्नो स्वाभिमान छैन – विदेशीका सामु लम्पसार परेको कुरा एकदिन बाहिर आउने गर्दछ। कति कुरा बाहिर आइसकेका छन्। जनताले ती कुरा प्रत्यक्ष अप्रत्यक्ष थाहा पाइसकेका छन्। राष्ट्रियताको सवालमा जनता एकातिर छन् भने नेताहरु ठीक विपरित छन्। यसरी राजनीति हुँदैन। नेताहरुमा छिट्टै चेत खुल्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१