१. पाकिस्तानमा आगामी शनिबार त्यहाँको व्यवस्थापिका संसद्को लागि चुनाव हुँदैछ। पाकिस्तानमा यसअघि पनि चुनाव भएका छन्। अघिल्लो चुनावमा झैं यसपटक पनि हिंसाका घटना भएका छन्। दर्जनौं मानिस बम र बारुदका सिकार भएका छन्। तैपनि शनिबार चुनाव हुने निश्चित छ।
२. गएको पटकको चुनावको प्रचारको क्रममा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष वेनजीर भुट्टो गोलीको शिकार भएकी थिइन्। यसपटक पनि आततायीहरूले राजनीतिक नेताहरूलाई लक्षित गरी बम विस्फोट गर्ने गरेका छन्। विस्फोटमा परेर दर्जनौं निर्दोष मानिस मृत्युको मुखमा पुगेका छन्।
३. म·लबार पनि एक उम्मेदवारलाई लक्षित गरी कट्टरपन्थीहरूले गरेको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए। त्यसको एकदिन पहिले सोमबार आदिवासी क्षेत्रमा भएको विस्फोटमा २५ जनाको ज्यान गएको थियो। यस्ता घटना त्यहाँ दिनहूँ भइरहेका छन्। दिनहूँ निर्दोष मानिसले ज्यान गुमाइरहेका छन्।
४. त्यहाँ तालिवानीहरूको समूह त्यस्ता हिंसामा सक्रिय छन् भने धार्मिक कट्टरपन्थीहरूले पनि आफ्ना विरोधीहरूलाई त्यस्तै गरी धम्की दिने र हत्या गर्ने गरेका छन्। चुनाव जति नजिक आयो उति तिनीहरूको सक्रियता बढ्दै गएको छ। बम विस्फोटका घटना ठूलठूला सभा र भेलामा समेत गर्न थालेका छन्।
५. धम्की र विस्फोटले गर्दा तीन ठूला दलको निर्वाचनको प्रचार अभियान प्रभावित भएको छ। पाकिस्तान पिपुल्स पार्टी अबामी नेशनल पार्टीर मुत्तहिदा कौमी मुभमेण्ट पार्टीका प्रचार कार्य सीमित भएका छन्। आततायीहरूले ती तीन ठूला पार्टीका नेताहरूलाई लक्षित गरेर बम बारुद विस्फोट गर्ने गरेका छन्।
६. त्यस्तो घटना दिनदिनै भएकाले मत कति प्रतिशत खस्छ, भन्न सकिने स्थिति छैन। पहिलेका निर्वाचनमा पचास प्रतिशतभन्दा कम मतदान भएको थियो। यसपटक त्यत्ति धेरै बढ्ने आशा छैन। तर निर्वाचन भने रोकिने छैन। त्यहाँको निर्वाचन आयोगले निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ।
७. राष्ट्रिय व्यक्तित्वको हिसाबले त्यहाँको समसामयिक राजनीतिमा यही ठूला र लोकप्रिय भन्ने कोही छैन। पूर्व क्रिकेट खेलाडी इमरान खानको बढ्दो लोकप्रियताले उनको पार्टीतहरिक-ए-इन्साफ केही अगाडि भएको सर्वेक्षणले देखाएको छ। तापनि त्यसलाई विश्वसनीय मानिएको छैन। व्यक्तित्वको हिसाबले इमरान खान र नवाज शरीफको प्रतिस्पर्धा देखिन्छ। तर कति प्रतिशत मत खस्छ, त्यसले त्यहाँको पार्टीको र नेताको भविष्य निर्धारण गर्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१