पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट हुने भएको छ ।
यसबारेमा मनिपाल र लायन्सबीच बिहीबार सम्झौता भएको छ । उक्त डिस्ट्रिक्टका सदस्यलाई अस्पतालबाट प्रदान हुने सेवामा १० देखि सय प्रतिशतसम्म छुट हुनेछ ।
डिस्ट्रिक्ट गभर्नर परमेश्वर बराल र मनिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
गभर्नर बरालका अनुसार बिरामी दर्ता र चिकित्सक परामर्शमा पूरै छुट हुनेछ भने बेड भर्नामा २५ र बिरामी परीक्षणमा १५ प्रतिशत छुट हुने छ ।
सम्झौताका लागि डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर कृष्ण आचार्य र अस्पतालका सम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले सहजीकरण गरेका थिए । अस्पतालमा ती सुविधा लिन लायन्स सदस्यले डिस्ट्रिक्टको सिफारिस लैजानुपर्ने छ ।
Related News
सम्बन्धित समाचार
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१