नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा बहिरंग सेवा (ओपिडी) १२ घण्टा सञ्चालन भएको छ । अस्पतालमा यसअघि ओपिडी ८ घण्टा सञ्चालन हुने गरेकोमा बिरामीको चापलाई मध्यनजर गरी १२ घण्टा सञ्चालन गरिएको हो ।
अस्पतालले बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले बताए । उनका अनुसार औषधी थप गर्नुपर्ने र प्रयोगशालामा परीक्षण गर्नुपर्ने बिरामीलाई प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको र अब क्रमश विशेषज्ञ सेवा पनि बिस्तार हुनेछ ।
उनले भने, ‘बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुनेछ, भीडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य हुनेछ ।’ उक्त अस्पतालबाट अन्यत्र अस्पताल रेफर हुने बिरामीका लागि समयमै सिफारिस गर्न सकिने हुँदा जान सहज हुने उनको विश्वास छ ।
ओपिडी सेवा १२ घण्टा सञ्चालन हुने भएपछि सेवाग्राहीको घुइँचो कम हुने र छिटो सेवा प्रदान गर्न सकिने अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । विशेषगरी मधुमेहका बिरामीले बिहानको समयमा डाक्टरलाई स्वयं भेट गरी चेकजाँच गर्न साथै रेफर भएर अन्य अस्पतालमा जो बिरामीलाई सहज भएको बताए ।
दिउँसो १ बजेसम्म मात्र बिरामीले टिकट काट्ने गरेकोमा अहिले ४ बजेसम्म टिकट काट्न पाउने उनले बताए । विशेषज्ञ डाक्टरले नै साँझ ७ बजेसम्म सेवा प्रवाह गर्ने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा लागु भएपछि अहिले जिल्ला अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा–१२ का सामुदायिक विद्यालयमा संस्कार शिक्षा
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम
रोटरीको निशुल्क दन्त शिविर
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१