कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
see

पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले समयानुकूल पारिश्रमिक वृद्धिको माग गर्दै ध्यानाकर्षण पत्र पेस गरेर बुधबारदेखि परीक्षण रोकेका हुन् ।

उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण आमकस्केली शिक्षक समूहका संयोजक छविराज पौडेलले शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख अम्बिका आचार्य र शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यलाई विभिन्न मागसहितको ज्ञापनपत्र हस्तान्तरण गरेको संघर्षरत शिक्षक समूहका सूचना तथा सञ्चार संयोजक अमृत घिमिरेले बताए ।

निर्देशनालय प्रमुख अम्बिका आचार्यले शिक्षकहरुका माग जायज भएकाले केन्द्रसँग समन्वय गर्ने आश्वासन दिए । उनले परीक्षण नरोकिदिन आग्रह गर्दै आन्दोलनका कार्यक्रमसँगसँगै समयमै कापी परीक्षणलाई पनि जारी राखिदिन अनुरोध गरेका थिए ।

समन्वय एकाइ प्रमुख लोकनाथ आचार्यले माग सम्बोधन गर्न केन्द्रलाई अनुरोध गर्ने बताए । उनले कापी परीक्षणलाई निरन्तरता दिन आग्रह गरे ।

एक दशक बितिसक्दा समेत एउटै पारिश्रमिक दरमा कापी परीक्षण गराउनु आफूहरुका लागि अन्यायपूर्ण भएको भन्दै माग सम्बोधन नहुँदासम्म कापी परीक्षण र सम्परीक्षण स्थगित गर्नुपरेको संयोजक घिमिरेले बताए ।

ज्ञापनपत्रमा उत्तरपुस्तिका परीक्षण स्थगनले समयमै नतिजा प्रकाशनमा पर्नसक्ने असरप्रति आफूहरु गम्भीर रहेकाले सम्बन्धित निकाय र नेपाल सरकार नै जिम्मेवार हुने सामूहिक ठहर शिक्षकहरुले गरेका छन् । ज्ञापनपत्रमा परीक्षा सञ्चालन, केन्द्राध्यक्ष, निरीक्षक र उत्तरपुस्तिका परीक्षण शुल्क समयानुकूल पुनरावलोकन गर्नुपर्ने माग छ । पारिश्रमिक वृद्धि नहुँदासम्म शिक्षक शिक्षिका कापी परीक्षण सम्परीक्षणमा कुनै हालतमा नफर्कने शिक्षक भोजराज तिवारी बताउँछन् ।

यसपालि  १५ देखि २७ चैतसम्म भएको एसइईमा कास्कीमा १० हजार १ सय ७४ परीक्षार्थी थिए ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width