सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
438083806_1472177676757084_6741867773534165233_n

पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा १० दिनसम्म चलेको प्रशिक्षण बुधबार समापन भयो ।

सहारा एकेडेमीका १३ सहित कुल ३५ जनाले भाग लिएको सहारा क्लब पोखरा अध्यक्ष केशवराज बरालले बताए । ग्रासरुटबाटै फुटबल सिकाउन क्लबले सोको व्यवस्थापन गरेको उनले बताए । उनीहरुलाई किरण श्रेष्ठ, प्रल्हाद हिराचन, सुनिल रानामगरले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणका लागि कास्कीसहित पर्वत, म्याग्दी, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र बागलुङ जिल्लाका बालकहरुलाई आवासीय सुविधा दिइएको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बाँनिया, सहारा क्लबका मानार्थ सदस्यहरु महेश गुरुङ, मुछेत्र गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले उनीहरुलाई प्रमाणपत्र वितरण गरेको क्लब सचिव टंक पौडेलले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष बाँनियाले प्रतिभावान् खेलाडी उत्पादनमा यस्तो प्रशिक्षणले सहयोग पुग्ने बताए ।

प्रशिक्षणमा ८ देखि १४ वर्षसम्मका गरी ८ जिल्लाका बालकहरुले भाग लिएको क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर गुरुङले बताए ।

सोही कार्यक्रमबीच, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीकाे आठौं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा क्लबले यस वर्ष पनि सहयोग गरेको छ । उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने सम्बन्धमा क्लब अध्यक्ष केशवराज बराल र मञ्च अध्यक्ष दीननाथ बरालबीच सम्झौता भएको हो ।

पोखरा १५ वडाध्यक्ष बानियाँले अवार्डलाई २५ हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

२८ वैशाखमा हुने अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार गरी ८ विधामा अवार्ड प्रदान गरिने मञ्च महासचिव एवं प्रचार प्रसार संयोजक राजाराम पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width