पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
ACCIDENT-POKHARA

पोखरा। पोखरामा मंगलबार राति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । अर्की घाइते छिन् ।

राति करिब ८ बजेतिर पोखरा १४, चाउथेस्थित नयाँ विमानस्थल अगाडि पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प १३३८ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ग २४ प ३२९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवारी दुवै जना घाइते भएकोमा उपचारका क्रममा पोखरा १४, खसीबजार बस्ने १९ वर्षीया खुसी प्रधानको मृत्यु भएको हो । स्कुटर चालक पोखरा ७, सिमलचौर बस्ने २१ वर्षीया दिपीका गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते गुरुङको अवस्था मध्यम छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width