एकीकृत सरकारी कर्मचारीको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
822b633e-04f0-4d3e-b7d0-28ed518ee6eb

पोखरा । एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, गण्डकी प्रदेश समितिद्वारा प्रकाशित नयाँ वर्षको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

नेकपा (एकीकृत) समाजवादीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज तुलबहादुर गुरुङले राष्ट्रसेवक कर्मचारीहरुले सधैं इमानदारीतापूर्वक राष्ट्र र जनताको पक्षमा आफ्ना दैनिक कार्यसम्पादन गर्दै जाने हो भने मुलुकमा विकराल देखिएको भ्रष्टाचार तथा ढिलासुस्ती हटेर जाने बताए । उनले कर्मचारीहरुले आफ्ना हक अधिकार तथा संरक्षणमा एकतावद्ध भएर अगाडि बढ्नु पर्ने सुझाव पनि दिए ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय कार्यवहाक अध्यक्ष शरणकुमार गुरुङले संघीय निजामती कर्मचारी ऐन तत्काल लागु गर्नुपर्नेमा जोड दिए । उनले संसद्मा टेबुल भएको ऐन संसोधनसहित पास गर्न सबै संघ संगठन एक भएर लाग्नुको विकल्प नभएको बताए । कर्मचारीमा विभेद रहेको भन्दै सबै तहका कर्मचारीको एकता मजवुत बनाउन एकीकृत सरकारी कर्मचारी संगठन निर्माण गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा (एकीकृत) समाजवादी गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बराल, कास्की जिल्ला कमिटी अध्यक्ष खड्ग हमाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका केन्द्रीय उपाध्यक्ष चुडाबहादुर जिसी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य श्यामलाल लामिछाने, नेपाल निजामती कर्मचारी संगठन गण्डकी अध्यक्ष डोलराज पराजुली, नेपाल निजामती कर्मचारी युनियन गण्डकी अध्यक्ष दीपक रेग्मी, पेशागत महासंघ गण्डकी प्रदेश अध्यक्ष गुमानबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, गण्डकी अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष गुरु पोखरेलले स्वागत तथा पोखरा महानगर कमिटीका सचिव सत्यराज सांखीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width