भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
bhulbhula devi

पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३ कार्यालयको ८ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको ट्रस्ट भवन मेलाको अवसरमा उद्घाटन गरिएको हो । पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले भवन उद्घाटन गरेका हुन् ।

नवनिर्मित ट्रस्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुष्ठानमा बहुउपयोगी बन्ने विश्वास लिइएको वडाध्यक्ष अधिकारीको विश्वास थियो ।

ढोर वाराही र छाब्दी वाराहीकी कान्छी बहिनीका रुपमा प्राचीन कालदेखि पूजाआजा गरिँदै आएको परम्परा पाइन्छ । वडा कार्यालयले मन्दिर नजिकै रहेको डुुँडेको रहलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न समेत त्यहाँको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

नमुुना युवा क्लब पुडिटारको आयोजनामा भुलभुला देवी मेलाको अवसर पारी यही चैत २७ गतेदेखि वैशाख १ गतेसम्म दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश नेपालका अनुुशासन विभाग प्रमुख रामप्रसाद ढकालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग