वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

आदर्श समाज सम्वाददाता
वैशाख १, २०८१
president cup

लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको खेलकुद विकास समिति आयोजनामा भुजुङको पन्क्यु खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा वडा ३ लाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै टिमले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेताले ७५ हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

यसैगरी, महिलातर्फको उपाधि वडा ६ पसगाउँले जितेको छ । वडा ४ लाई सडन डेथको शिकार बनाउँदै उपाधिसहित ५० हजार जितेको हो । उपविजेताले २५ हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
यस्तै,पुरूष भलिबल प्रतियोगिताको उपाधि वडा १ ले हात पारेको छ । उपाधिसँगै वडा १ ले ४० हजार पायो । उपविजेता वडा ९ ले २० हजार पायो ।

म्याराथनमा वडा ६ का अशोक विक प्रथम भए । वडा ४ का भीमबहादुर गुरूङ द्वितीय तथा वडा ४ का सुजन गुरूङ तृतीय भए । दौड घलेगाँउबाट भुजुङसम्म ५ किमी दुरीमा भएको थियो । उनीहरूलाई क्रमश १०, ७, ५ रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटा वडाबाट १÷१ टिमका दरले भाग लिएको खेलकुद संयोजक गुरुङले जानकारी दिए । विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ, उपाध्यक्ष कमिमाया गुरूङ र गाँउपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष नवराज गुरूङले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप   

    आदर्श समाज सम्वाददाता जेठ ८, २०८१
    काठमाडौ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा राष्ट्रिय टोली तयारीको विशेष प्रशिक्षणका लागि पाँच खेल थप गरेको…
  • सहारा एकेडेमीमा टिकर्ट सहयोग

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । सहारा क्लब पोखराले सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीका बालकका निम्ति टिसर्ट सहयोग गरिएको छ…
  • फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमबार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक…
  • वाराही माविका खेलाडीलाई क्रिकेट ड्रेस

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयमा जगदम्बा प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद अधिकारीले क्रिकेट ड्रेस सहयोग गरेका छन् । अधिकारीले विद्यालयका क्रिकेट…
  • चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको…

hero news full width