तारकाङ पोखरा समाजको स्थापना दिवस

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
Tarkang samj

पोखरा । तारकाङ पोखरा सम्पर्क समाजको स्थापना दिवस सोमबार मनाइएको छ । संस्थाका कार्यवाहक अध्यक्ष शरद्राज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम मादी ४ का अध्यक्ष शिवराज सापकोटाले उद्घाटन गरे । वडाध्यक्ष सापकोटाले सहरमा बस्नेहरूले गाउँलाई बिर्सन नहुने भन्दै समाजले तारकाङमा गर्ने हरेक गतिविधिमा सघाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नारायण सापकोटाले संस्था स्थापनाकाल स्मरण गर्दै संस्थाले समयसापेक्ष गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए । ध्रुव माविका अध्यक्ष तथा समाजसेवी बुद्धिसागर सापकोटाले संस्थाले सामाजिक उत्तरदायित्व र आपसी भातृत्व विकासमा सक्रिय हुनुपर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका सल्लाहकार तथा सापकोटा कल्याण केन्द्र कास्कीका अध्यक्ष यमनाथ सापकोटा, डा. सोमनाथ सापकोटा, समाजका संस्थापक अध्यक्ष रवि (चन्द्र) सापकोटा, रेडक्रस थुमाको डाँडा उपशाखाका सभापति शुक्रराज सापकोटालगायतले बोलेका थिए ।

यसैबीच नयाँ वर्ष २०८१ का अवसरमा एकापसमा शुभकामना आदानप्रदान तथा समाजले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग