पोखरा । ट्रान्स हिमालय एड्भेन्चर अन्तर्गत बुधबार मुक्तिनाथ नजिकै सेल्फी डाँडामा ३ हजार ५० मिटरमा मोटोखाना रेस सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनमा आवद्ध क्लबहरुमा यो सम्भवतः सबैभन्दा उचाइमा भएको अफिसियल रेस हो ।
ट्रान्स हिमालय एड्भेन्चर अर्थात् मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोली बुधबार मुस्ताङको मुक्तिनाथ पुगेको छ । गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका हुन् ।
मुक्तिनाथ नजिकै सेल्फी डाँडामा राइडरहरुका बिच ट्रेल बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो । यसैगरी सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप समेत आयोजना गरिएको छ ।
करिब ३ हजार मिटर उचाइमा भएको सो प्रतियोगिताका विजेताहरुलाई पोखरामा आयोजना हुने कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सचिव आशिष रौनियारबाट पुरस्कृत गरिने भएको छ ।
राइडरहरु फेरि जोमसोम, बेनी, कुश्मा हुँदै पोखरा फर्किने क्रममा छन् । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ ।
राष्ट्रिय खेलकुद परिषदले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवद्र्धनको हेतुले विगत लामो समय देखि साहसिक खेलहरुलाई प्रवद्र्धन गर्दै आइरहेको सन्दर्भमा यस्ता गतिविधिले सरकारको दिगो लक्ष्य हासिल गर्न सघाउ पु¥याउने बताइएको छ ।
सो राइडिङमा काठमाडौंबाट आएका राइडरका साथै केही राइडर पोखराबाट समेत थप भएका थिए । यसमा भारतबाट समेत केही राइडर सहभागी भएका छन् ।
राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्बिल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ । सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ ।
राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना भएको हो ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया
हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा
‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’
होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१