पोखरा । पत्रकार गंगाधर पराजुलीलाई वर्ष २०७९ को पोखरा पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवस अवसरमा शुक्रबार नेपाल पत्रकार महासंघ कास्कीले उनलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । यस्तै वर्ष २०८० को सोही नामको संस्थागत सम्मान पोखरा फूलबारीका राजु भण्डारी एवं भण्डारी परिवारलाई अर्पण गरियो । भण्डारी नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्षसमेत हुन् । भण्डारी परिवारले महासंघ कास्कीको संस्थागत विकासमा सहयोग पु¥याएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई सम्मान गरे ।
सम्मानित पराजुलीले पुरस्कारले पत्रकारिता क्षेत्रमा कमल चलाउन हौसला बढेको बताए । ‘म केही समय अघिसम्म पत्रकारितामा सक्रिय थिएँ । पछिल्लो समय केही निस्क्रिय जस्तै थिएँ,’ उनको भने, ‘यो पुरस्कारले यही क्षेत्रमा रहिरहनुपर्छ भनेर हौसला मिलेको छ ।’
अर्का सम्मानित भण्डारीले सम्मानले पत्रकारिता क्षेत्रसँग परिवारको निकटता झनै बढेको बताए । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले सम्मानितलाई बधाई दिँदै पत्रकारको हकहितको पक्षमा बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष जमुना वर्षा शर्मा र सञ्चालन सचिव माधव बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१