‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
jestha nagarik progrem photo

पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा मंगलबार भएको ज्येष्ठ नागरिकका समस्या, समाधान र चुनौतीबारे छलफलका सहभागीले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएको चर्चा गर्दै उनीहरुको ज्ञान, सीप र अनुभवको कदर गर्दै उनीहरुलाई सधैं सम्मान तथा संरक्षण गर्नुपर्ने औँल्याए । ज्येष्ठ नागरिकप्रतिको सबै प्रकारका दुव्र्यवहार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनद्वारा दण्डनीय मानिएको स्पष्ट पार्दै वडाध्यक्ष बरालले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकताका राख्न सबैमा आग्रह गरे ।

इन्सेक पोखरा अध्यक्ष शिव खकुरेलले ज्येष्ठ नागरिकलाई शारीरिक तथा मानसिकरुपमा सक्रिय राख्न परिवारका सदस्यले ध्यान दिनुपर्ने उल्लेख गर्दै समय व्यवस्थापन गरी उनीहरूसँग दैनिक अन्तक्र्रिया गर्न सुझाव दिए ।

ज्येष्ठ नागरिक महानगरपालिका अध्यक्ष भुपेन्द्र गिरी, मञ्चका वडा अध्यक्ष शिवप्रसाद चालिसे, सचिव रामबहादुर केसी, उपाध्यक्ष नारायणप्रसाद सुवेदी, मञ्च पोखरा २५ का अध्यक्ष नीलकण्ठ पौडेल, पोखरा २३ सचिव ऋषिराम गौतम, सल्लाहकार भक्तराम श्रेष्ठ, अल्पविरामलगायतले बोलेका थिए । उनीहरुले महŒवपूर्ण पारिवारिक निर्णय लिँदा परिवारका सदस्यले बाबुआमालाई पनि सँगै राखी लिनुपर्ने भन्दै ज्येष्ठ नागरिकलाई सामाजिक कार्यमा पनि सहभागी हुन दिनुपर्ने बताए ।

आमाबुबाको इच्छा तथा क्षमताअनुसार भ्रमण, तीर्थव्रत, पूजापाठमा सहजीकरण गर्नुपर्ने भन्दै उनीहरूले अशक्त अवस्थामा परिवारका सबै सदस्यले समय मिलाएर ज्येष्ठ नागरिकको स्याहारसुसार गर्नुपर्ने स्पष्ट पारे ।

वडास्तरीय मञ्चका अध्यक्ष चालिसेको अध्यक्षतामा भएको कार्य पोखरा महानगरभित्र गठित वडास्तरीय विभिन्न मञ्चका प्रतिनिधिको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…

hero news full width