चिसापानी साना किसान सहकारीले दियो विद्यार्थीलाई वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०८०
sahakari

स्याङ्जा । चिसापानी साना किसान कृषि सहकारी संस्थाले विद्यार्थीसँग वित्तिय साक्षरता अभियान सञ्चालन गरेको छ । हरिनास–२ चिसापानीस्थित उक्त सहकारीले वडाको महिमा माविका विद्यार्थीलाई पैसा बचत गर्न र कमाउन सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो । जसमा कक्षा ११ र १२ का विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, सहकारीका सञ्चालक समिति पदाधिकारी र सदस्य र पत्रकार लगायतले भाग लिएका थिए ।

वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण रहेकोले उक्त कार्यक्रम गरिएकोको सहकारी अध्यक्ष प्रकाश पौडेलले बताए । कार्यक्रमको सहजीकरण गर्दै उनले वित्तीय साक्षरताबिना कुनै पनि समाजको समृद्धि सम्भाव नहुने हँुदा विद्यार्थी जीवनमै यसबारे ज्ञान हुने हो अझ धेरै राम्रो हुने बताए । ‘हामीले हिजोआज राम्रै आम्दानी गर्ने युवा देखेका छौं । तर उनीहरुले बचत गरेको पाउँदैनौं,’ उनले भने, ‘भविष्यमा आर्थिक संकटका बेलामा मात्रै यसको महसुस गर्छौं ।’

सहकारी कोषाध्यक्ष मिठु लम्सालले २०७७ सालमा स्थापित सहकारीले वित्तीय साक्षरता अलावा छरिएर रहेका पुँजी एकत्रित गरी किसानलाई सहुलियत दरमा कर्जा लगानी, बिउबिजन, मल उपलब्ध गराउँदै आएको बताइन् । सहकारीमा करिब ९ सय ४० सदस्य आबद्ध छन् । हाल वडा १, २ र ३ मा संस्थाको कार्यक्षेत्र छ ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • घरमै पुगी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगी स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । पोखरा–२५, हेमजा क्षेत्रमा आइतबारदेखि…
  • निवृत्त शिक्षक समुदायको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । निवृत्त शिक्षक समुदाय अन्नपूर्ण गाउँपालिकाको सक्रियतामा मेश्रम वराह मावि घान्द्रुकका पूर्व प्रअ रामेश्वर सुवेदीलाई उपचारका लागि नगद सहयोग…
  • निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    स्याङ्जा । निर्माण व्यवसायी संघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले शनिबार अर्जुन कार्कीको अध्यक्षतामा १७…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…

hero news full width

trending post

ट्रेन्डिङ्ग