पोखरा । बासकोटमा भएको दोस्रो सेभेन एसाइड वडा अध्यक्ष–२०८० को उपाधि सिर्जनशील क्लब ग्रिनले जितेको छ । फाइनलमा साविक विजेता लामागाउँ एफसी ‘ए’ लाई पेनाल्टी सुटआटमा हराउँदै नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । लामागाउँले ३० हजार, ट्रफी र प्रमाणपत्र पायो ।
पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरिरहेको बताए । उनले बास्कोट खेलमैदानको भौतिक निर्माणमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
चैत्र ९ देखि सञ्चालन भएको वडाध्यक्ष कपमा पोखरा २३, २४ र १८ वडामा २० टिमले भाग लिएका थिए ।
रङहरुको पर्व फागु पूर्णिमा (होली) अवसर पारेर सिर्जनशील क्लब पोखरा २४ बासकोटले उक्त प्रतियोगिता आयोजना गरेको क्लब अध्यक्ष शिव जिसिले बताए ।
सर्वोकृष्ट खेलाडी लामागाउँका सरोज तामाङ घोषित भए । उत्कृष्ट गोलकिपर सिर्जनशीलका आशीष दवाडी र सर्वाधिक गोलकर्ताको उपाधि भीम गौतम भए । उनीहरुले जनही २ हजार ५ सय पाए । अनुशासित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१