घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

रासस
चैत्र ८, २०८०
murdercrimedead-321015958_6

फाइल फोटो

धरान । सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै आज किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार प्रतिष्ठान र डिपोट स्कुलको बिचको खोल्सामा अन्दाजी १८–१९ वर्षकी किशोरीको शव फेला परेको हो । हालसम्म शवको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रवक्ता भण्डारीका अनुसार धारिलो हतियारले घाँटी रेटिएको अवस्था शव फेला परेको छ । शव खोल्सामा घोप्टो अवस्थामा भेटिएको उहाँको भनाइ छ । प्रहरीले शव नजिकै खुकुरी सेमत फेला पारेको छ । शव परीक्षणका लागि प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • घरमै पुगी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगी स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । पोखरा–२५, हेमजा क्षेत्रमा आइतबारदेखि…
  • निवृत्त शिक्षक समुदायको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । निवृत्त शिक्षक समुदाय अन्नपूर्ण गाउँपालिकाको सक्रियतामा मेश्रम वराह मावि घान्द्रुकका पूर्व प्रअ रामेश्वर सुवेदीलाई उपचारका लागि नगद सहयोग…
  • निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    स्याङ्जा । निर्माण व्यवसायी संघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले शनिबार अर्जुन कार्कीको अध्यक्षतामा १७…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • प्रदेश प्रमुख भट्ट पुम्दीकोटमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोटस्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन्…

hero news full width

trending post

ट्रेन्डिङ्ग