वेगनासतालमा ड्रागन बोट रेस

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
Dragan boot Main (1)

लेखनाथ । वेगनास तालमा यही चैत ११ र १२ मा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । पानीमा खेलिने विभिन्न प्रकारका खेलमध्ये ड्रागन बोट रेस वेगनासमा पहिलो पल्ट हुन लागेको हो । केही समयअघि फेवातालमा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस भएको थियो ।

पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी ड्रागन बोट एसोसिएसन गण्डकी, पोखरा महानगरपालिका र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको संयुत्त आयोजनामा सो प्रतियोगिता हुन लागेको मंगलबार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

वेगनासतालको पिप्ले टुँडादेखि मन्दरे पार्कसम्म हुने प्रतियोगितामा करिब १६ समूहको सहभागिता रहन अनुमान आयोजकको छ । प्रतियोगितामा ५ सय र २ सय मिटरका इभेन्ट हुने छन ।

५ सय मिटरमा प्रथम हुनेले २ लाख, दोस्रोले १ लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार प्राप्त गर्ने छन् । २ सय मिटरतर्फ प्रथमले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ अध्यक्ष वीरभद्र कँडेलले बताए ।

छिमेकी चीनदेखि सुरु यो प्रतियोगिता हाल विश्वका ७५ देशमा सञ्चालन हुँदै आएको छ । ड्रागन आकारको डुंगामा १२ जनाको समूहले डुंगा चलाउने र जुन समूहले निर्धारित दुरी छोटो समयमै पार गर्छ उही विजयी हुने छन् ।

उक्त प्रतियोगिताको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख नवीन पोखरेलले यहाँ रहेका सबै तालहरुमा कुनै न कुनै गतिविधि सञ्चालन गर्नका लागि वेगनासताल रोजिएको र पानीमा पनि खेलका कार्यक्रम गरेर यस क्षेत्रको पर्यटन विकासमा जोड पुग्ने बताए ।

समितिको सदस्यमा ड्रागन बोट एसोसिएसन अध्यक्ष दीपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवद्धन समितिका संयोजक देवेन्द्र पौडेल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width