पोखरा । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले महरालाई कारबाही सिफारिस गरेको थियो। लगत्तै उपप्रधान गृहमन्त्री रवि लामिछानेले प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न नेपाल प्रहरीको सिआइबीलाई निर्देशन दिएका थिए।
लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सिआइबी प्रमुख एआइजी श्याम ज्ञवालीलाई बोलाएर यस्तो निर्देशन दिएका थिए। गत साउन २ मा ब्रेक शु मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्र विज्ञ जीवन गुरुङसहित मुछिएका थिए। उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो।
पूर्वसभामुख महराका छोरा राहुललाई सिआइबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट पुष्टि भइसकेको छ। चिनियाँ तस्कर र उसको समूहसँग महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको छ।
Related News
सम्बन्धित समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान
लिटल फ्लावरमा विविध कार्यक्रम
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१