पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले कविताको अघोषित पाठशालाका रुपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३६७ औं शृंखला पोखरामा सम्पन्न भयो ।
काव्य सन्ध्यामा परिवारकी आजीवन सदस्य कवि केशु शर्माले ‘पचासको दशकमा आफूले समतामा नै पहिलो पटक कवितावाचन गरेको अनुभव सुनाइन् । समतामा कवितावाचन गर्दा गर्दै अहिले आफू संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेको बताइन् । उनले पोयुसापको प्रशंसा गरिन् ।
काव्य सन्ध्याको ३६७ औं शृंखलामा कविहरू रुपिन्द्र प्रभावी, रीता अधिकारी, प्राञ्जल, कौशलचन्द्र जिसी, अव्यग्र अस्मित, वसन्त चालिसे, गीता तिवारी, रोशन तिमिल्सिना, माधव खतिवडा, चन्द्रावती वाग्ले, ढाकामोहन बराल, जमुना कायस्थ, सुजन राना, अभिषेक विष्ट, नूतन तिमिल्सेनालगायतले आआफ्ना सिर्जना वाचन गरेका थिए । २०५० साल वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
परिवारका उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन निवर्तमान अध्यक्ष मोती भुजेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फल इन लभ नै किन ?
खगेन्द्रले ल्याए ‘दोष कसको ?
राक्षस
घरबेटीकी छोरी
सुरेश बडालको ‘रहर’ लोकार्पण
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१