पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवसायीलाई त्रसित नभईकन ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । बाह्रखरी गल्फ समापन समारोहमा उनले भने,‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’
समृद्धिको यात्रामा अवरोध गर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘नेपालमा हामी जुन खालको व्यवस्थामा छौं, यसले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माण र समृद्धिको यात्रामा अवरोध गर्दैन, गर्न दिइँदैन ।’
देशका विभिन्न स्थानबाट सिधै पोखरा आउन हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको उनले उल्लेख गरे । अब यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीबाट नियमित उडानका निम्ति सरकारले वातावरण बनाउने उनले बताए ।
अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाह्रखरी मिडियाले गरेको कार्यक्रमले व्यवसायीमा सकारात्मक सन्देश दिएको बताए । विगतमा जस्तै अहिले केही पनि नभएको भाष्य बन्दै गएको बताउँदै सकारात्मक सन्देश जानु राम्रो भएको बताए । आगामी दिनमा पनि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गर्दा आफूहरुको साथ र सहयोग रहने जानकारी गराए । कार्यक्रममा सांसद् विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले शुभकामना व्यक्त गरे ।
त्यसैगरी बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले स्वागत र प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले धन्यवाद व्यक्त गरेका थिए । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी–अफ’ गरेर प्रतियोगिता उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नवलपुर उद्योग वाणिज्य संघमा सापकोटा निर्वाचित
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१