पोखरा । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक साधारणसभा भएको छ । प्रधान कार्यालय पोखरामा भएको साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए ।
सभाले कम्पनी ऐनमा रहेको कम्पनीको प्रकृतिअनुरुपको थप व्यवस्थामा तथा कम्पनीको नियमावली दफा ४९ मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनमा सम्बन्धित निकायहरुबाट संशोधन, फेरबदल वा थपघट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरेको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यमा ४ जना सेयरधनीहरु निर्विरोध निर्वाचित भएका छन् । साधारण सभाले कम्पनी ऐन २०६३ मा व्यवस्था भए अनुसार आशिष सिंहलाई ४ वर्षको लागि स्वतन्त्र विशेषज्ञ सञ्चालक नियुक्त गरेको छ ।
सभाले चालु आथिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिबाट नियुक्त बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक सभाले अनुमोदन गरेको छ । प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१