पोखरा वृद्धाश्रमको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
old aged home

पोखरा । पोखरा वृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ । वृद्धाश्रमले बिहीबार ज्येष्ठ नागरिक मिलन कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले ज्येष्ठ नागरिक ज्युँदा इतिहास र भविष्यका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरुको सम्बद्र्धन र राज्यले प्रदान गरेका सेवा, सुविधा र सम्मान निर्वाधरूपले उपयोग गर्ने वातावरण निर्माणका लागि सबै पक्ष कटिबद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गरे ।

ज्येष्ठ नागरिकका सबालमा बनेका ऐन, कानुन र व्यवस्था कडाइका साथ लागु गर्ने अभियान स्वरूप नेपालमा नै पहिलो पटक जिल्ला समन्वय समिति कास्कीले समन्वयात्मक बैठक मार्फत पहल सुरुआत गरेको जानकारी दिँदै निरन्तर यी कार्य जारी राख्ने उनले प्रतिबद्धता जनाए ।

पोखरा महानगर पालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाहीले ज्येष्ठ नागरिकका क्षेत्रमा पोखरा वृद्धाश्रमले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उदाहरणीय सामाजिक कार्यमा वडाको सधैं साथ रहने बताइन् ।

पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य बलराम पौडेल, ज्येष्ठ नागरिक मञ्च गण्डकीका अध्यक्ष रोमा शाक्य, निवृत्त शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तोयनाथ लामिछाने, लेखक रवीन्द्र माकाजु, व्राह्मण समाजका केन्द्रीय उपाध्यक्ष भेषराज लम्साल लगायतले उक्त अवसरमा शुभकामना व्यक्त गरे । वृद्धाश्रमको विकास र सम्बद्र्धनमा योगदान गर्ने कर्मचारी तथा आजीवन सदस्यहरूलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।

बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सहसचिव सीता काफ्ले र सञ्चालन सचिव धर्म गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width