विद्यालयका संस्थापकलाई घरमै पुगेर सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १, २०८०
Samman

अन्नपूर्ण । अन्नपूर्ण ९ उल्लेरीमा जन्म भई हाल अन्नपूर्ण ९ सिमलबोट निवासी क्याप्टेन किशनवीर पुनलाई ९९ औं जन्मदिनको अवसरमा बिहीबार सम्मान गरिएको छ । भगवती माध्यमिक विद्यालय, अन्नपूर्ण ९, तिखेढुंगाको संस्थापकहरुमध्ये सबैभन्दा वयोवृद्ध क्याप्टेन पुनलाई सम्मान व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन विद्यालयका शिक्षकहरु उनकै निवासमा पुगेका थिए ।

आफ्नो ९९ औं जन्मदिनको अवसरमा शुभकामना दिन आफ्नै निवाससम्म आइपुगेका विद्यालयका शिक्षकहरुसँग विगतका दिन सम्झिँदै उनले भने, साल त यति नै हो भन्ने बिर्सिएँ । हिउँदका दिन थिए । पर्वत देउपुरका हरिलाल उपाध्याय भन्ने जैसी (ज्योतिषी) आएर स्कुलको जग हाल्ने दिन ठम्याए । जग खन्ने मान्छेको नाम जुराउँदा मेरो नाम मिल्यो, अनि गैंची बोकेर गएँ र घडेरी सम्याउने झारा सुरु गरियो ।’

विद्यालयका शैक्षिक विभाग प्रमुख किर्तीराज ढकालले हाल विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा गरेको प्रगति सुनाउँदा क्याप्टेनले पटक पटक हर्षाश्रु बगाएका थिए । उनले आफूलाई जहिले पनि विद्यालयको प्रगति हेर्न जान मन भएको तर शारीरिक अशक्तताको कारण रोकिनु परेको बताउँदै आफ्नो १०० औं जन्मदिनमा जसरी पनि विद्यालयमा नै आउने वचन व्यक्त गरे ।

आफ्नो जन्मदिनको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्यले भगवती माध्यमिक विद्यालयमा स्थापना गरिएको जन्मदिन कोषमा उनले पाँच हजार पाँच रुपैयाँ प्रदान गर्दै हुनेले नहुनेलाई र सक्नेले समाजलाई सहयोग गरेमात्रै सबैको भलो हुने कुरामा जोड दिए । शैक्षिक क्षेत्रमा गरेको दान अरु सबै दान भन्दा ठूलो हुने बताउँदै उनले शिक्षा दिने गुरु र शिक्षा लिने विद्यालयप्रति सबैले सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।

राणाकालमा पढ्न नपाएको पिडा सुनाउँदै उनले भने, ‘बाले एउटा काठको फलिको ताछेर पाटी बनाइदिनुभएको थियो । त्यसमा क, ख लेख्दै थिएँ, २ जना (सैनिक रहेछन्, पछि थाहा पाएँ) आएर मेरो पाटी फुटाएर फालिदिए । त्यसपछि मलाई यहाँ बस्न मन लागेन र भारतीय पल्टनमा फौजी भएँ ।’ आफू भारतीय फौजीमा रहँदा पाकिस्तान, चिन, कँगो लगायतका देशमा लड्न जानुपरेको सम्झँदै उनले मृत्युको मुखबाट जोगिएर फर्केको हुँदा आफू सय वर्ष त बाँच्छु भन्ने हिम्मत आएको बताए ।

‘धेरै दलका धेरै कुरा, काम भने सबै अधुरा’ हुने अवस्थाले आफूलाई अहिले स्थापना भएका धेरै राजनीतिक पार्टीप्रति वितृष्णा भएको बताउँदै एउटै पार्टी भित्र हुने गुठको राजनीतिबाट दिक्क मानेका उनले यसले कसैलाई पनि फाइदा नपुग्ने विचार व्यक्त गरे ।

जिउँदो इतिहासका रुपमा रहेका क्याप्टेन किशनवीर पुनलाई सम्मानित गर्न पाउँदा विद्यालय आफै सम्मानित भएको महशुस भएको साथै यस्ता वृद्धवृद्धाहरुलाई राज्यका निकायहरुले सधैँ सम्मान गर्नुपर्ने विचार व्यक्त गर्दै विद्यालयका शिक्षक तथा स्थानीय खेमबहादुर पुनले भने, ‘उहाँले आफ्नो जिवनकालमा गाउँमा समेत धेरैलाई सहयोग गर्नुभएको छ । उहाँकै योगदानले धेरै विधवाहरुले पेन्सन प्राप्त गर्न सफल भएका छन् ।’ सम्मान कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षक गौतम सुवेदी तथा राजेन्द्र थापा लगायतले उनलाई शुभकामना दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width

trending post

ट्रेन्डिङ्ग