पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकीसहित ३ वटा प्रदेशका प्रमुखलाई पदमुक्त गरेका छन् ।
उनले सरकारको सिफारिसमा गण्डकीका पृथ्वीमान गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई बुधबार पदमुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०८०।११।२८ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ ।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरिएको हो । अहिले नियुक्त सबै एमालेनिकट हुन् ।
जसअनुसार गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका छन् ।
गण्डकीमा पाँचौ प्रदेश प्रमुख नियुक्त डिल्लीराज भट्ट डोटीका हुन् । एमालेका सल्लाहकार उनी राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका थिए । यसअघि, २०७८ साउन १२ मा नियुक्त पृथ्वीमान गुरुङ २ वर्ष ८ महिने कार्यकाल पूरा गरेर पदमुक्त भए ।
नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रुपमा राष्ट्रपतिबाट नियुक्ति हुने गरी प्रदेश प्रमुख रहने व्यवस्था छ । तदनुरुप नेपालको सातै प्रदेशमा एक/एक प्रदेश प्रमुख रहने गरी २०७४ माघ ५ गते प्रदेश प्रमुखको नियुक्ति भएको थियो ।
गण्डकीमा हालसम्म ५ जना प्रदेश प्रमुख नियुक्त भइसकेका छन् । कांग्रेस निकट बाबुराम कुँवर यहाँका पहिलो प्रदेश प्रमुख हुन् । त्यसपछि माओवादी केन्द्रनिकट अमिक शेरचन, एमालेकी सीतादेवी पौडेल र कांग्रेसनिकट पृथ्वीमान गुरुङ नियुक्त भएका थिए ।
Related News
सम्बन्धित समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१