पोखरा। पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार–२०८० अर्पण गरिएको छ । भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्ने यो पुरस्कारको राशि १ लाख नगदसहित सम्मानपत्र रहेको छ ।
शनिबार पोखरामा भएको एक समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोयुसाप अध्यक्ष उपेन्द्र पौडेललाई उक्त पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा मेयर आचार्यले पोयुसाप पोखराको ब्राण्ड रहेकाले यसको प्रचार गर्न आवश्यक रहेको बताए । एक शताब्दीपुरुष नाममा स्थापित पुरस्कार झण्डै आधा शताब्दी पुरानो संस्थालाई प्रदान गरिएकोमा उनले खुसी व्यक्त गरे । मेयर आचार्यले पोेखरेली युवा सांस्कृतिक परिवारले पोखराको गरिमा उचो बनाएको धारणा राखे ।
पुरस्कार छनोट समिति संयोजक संस्कृतिकर्मी तीर्थ श्रेष्ठले संस्थाले प्रदान गर्ने पुरस्कार ओजिलो रहेको र प्राप्त गर्ने व्यक्ति तथा संस्थाहरु पनि उत्तिकै महत्वपूर्ण रहने गरेको बताए । श्रेष्ठले २०५५ सालमा स्थापित क्षेत्रीयस्तरको उक्त पुरस्कारबाट कृष्णबहादुर श्रेष्ठ, प्रज्ञारत्न बज्राचार्य, चेतन कार्की सम्मानित भएको जनाए । २०६३ देखि प्रत्येक ३ वर्षमा प्रदान गरिने गरिएकामा यसअघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान र जगमान गुरुङ सम्मानित भइसकेका छन् ।
भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानाङ्गले पोखरालाई साहित्य, संस्कृति र कलाको राजधानी बनाउन पोयुसापले प्रशंसीय कार्य गरेकाले पुरस्कार अर्पण गरिएको बताए ।
पुरस्कार प्राप्त गरेपछि पोयुसापका तर्फबाट अध्यक्ष पौडेलले भैरव सांस्कृतिक संरक्षण समितिलाई धन्यवाद दिए । उनले भने, ‘खुसी बाँडे बढ्छ भन्छन्, त्यसैले यो पत्रले ल्याएको खुसी तपाईंहरु सबैमाझ बाँड्न चाहेँ !,’ उनले भने, ‘पोखरेली युवा सांस्कृतिक परिवारका सम्पूर्ण संस्थापक, पूर्व अध्यक्षहरु तथा पूर्व तथा वर्तमान कार्यसमिति, आजीवन सदस्य, सल्लाहकार एवम् शुभचिन्तकहरुमा ! बधाई हामीलाई ।’
कार्यक्रममा सर्वज्ञमान प्रधानाङ्गका छोरा तथा भैरव नृत्यका गुरु कृष्णमान प्रधानाङ्ग, पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति कृष्णबहादुर श्रेष्ठले पुरस्कारको गरिमाबारे प्रष्ट्याए । समारोह भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानाङ्गको अध्यक्षतामा भएको थियो ।
सर्वज्ञमान प्रधानाङ्ग शास्त्रीय संगीत साधक तथा संस्कृतिकर्मी हुन् । पोखरामा देखाइने भैरवनृत्य सञ्चालनमा वाद्यवादक, राग गायक एवं गुरुका रूपमा उनको भूमिका उल्लेख्य छ । संस्कृति र संगीतको क्षेत्रमा सक्रिय संस्कृतिकर्मी, साधक, सेवी र संस्थाहरूको सम्मान गर्ने उद्देश्यले आफू र धर्मपत्नीको नाममा उनले आफू जीवित रहँदा नै सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०५५ सालमा नै स्थापना गरी सञ्चालनको अभिभारा भैरव सांस्कृतिक संरक्षण समितिलाई दिएको जानकारी तीर्थ श्रेष्ठले दिए ।
तस्विर- खिम लामिछाने
Related News
सम्बन्धित समाचार
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१