पोखरा । शान्ति निकेतन मावि, पस्र्याङमा कक्षा १० का विद्यार्थीको सम्मानमा बिदाइ समारोह गरिएको छ । आगामी चैत १५ देखि सुरु हुने एसइईमा सम्मिलित हुने विद्यालयका १४ औं ब्याचका विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले बिहीबार बिदाइसहित सफलताको शुभकामना दिए ।
संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसइईमा सहभागी हुने सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना दिए । ‘सबै विद्यार्थीहरुले राम्रो तयारी गर्नुहुनेछ । परीक्षामा उत्कृष्ट अंक ल्याउनुहुनेछ र शान्ति निकेतनको नाम चम्काउनुहुनेछ । इतिहास रच्नुहुनेछ,’ डा. पराजुलीले भने, ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाइ होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
प्राचार्य डा. पराजुलीले यो कक्षा ९ का भाइबहिनीबाट गरिएको शुभकामना कार्यक्रम भन्दै विद्यालयले छुट्टै फेरि भेटौँला कार्यक्रम आयोजना गर्ने जनाए ।
कार्यक्रममा सहप्राचार्य यदुविलास भुत्र्याल, कक्षा १० संयोजक हेम सुवेदी, कक्षा ९ संयोजक अमर क्षत्री, अनुशासन विभाग प्रमुख सुरज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख भुवानीप्रसाद अधिकारी लगायतले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई राम्रो गर्न शुभकामना दिए । विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी खादा ओढाएर बिदाइ गरेका थिए ।
कार्यक्रममा अदिति पराजुली, अंकिता कोइराला, स्वीकृति अधिकारी लगायतले बोलेका थिए ।
कक्षा ९ का छात्र सफल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा छात्रा रस्मिता श्रेष्ठले स्वागत तथा छात्र अनुपम पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन कक्षा ९ कै छात्रछात्रा रवि गौतम र आरुषी आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१