मध्यविन्दुमा ९० घर सुकुमबासीलाई लालपुर्जा

आदर्श समाज सम्वाददाता
फागुन २४, २०८०
Lalpurja

नवलपुर । मध्यविन्दु नगरपालिकाले मध्यविन्दु १ सेतापानीमा रहेका ९० घर सुकुमबासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ । यहाँका दलित सुकुमबासी, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीमध्ये पहिलो चरणमा ३४ जना दलित सुकुमबासी र ५६ जना भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले बताए ।

लालपूर्जा वितरण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नवलपुर क्षेत्र नं. २ का सांसद विष्णु कार्की, प्रदेश सांसद् पद्मा जिसी श्रेष्ठ, पूर्व प्रदेश सांसद् जनकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेल लगायत सहभागी थिए ।

कार्यक्रममा संस्थापक मुख्यमन्त्री गुरुङले लामो समयदेखि रोकिएर बसेको भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने कार्य सुरु भएको भन्दै अब नेपालमा सबै भूमिहीन सुकुमबासीले लालपुर्जा प्राप्त गर्ने बताए ।

कार्यक्रममा सांसद् विष्णु कार्कीले लामो समेतदेखि भूमि अधिकारबाट बञ्चित रहेको भूमिहीन सुकुमबासलाई लालपुर्जा दिलाउने राज्यको दायित्व भएको बताए ।

राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले नवलपुरमा असार साउन सम्ममा १३ हजार बढी लालपुर्जा वितरण गरिने गरी आयोगले काम फत्ते गरेको बताए ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले आफूले चुनावमा गरेको बाचाअनुसार भूमिहीन सुकुमबासीलाई लालपुर्जा दिने पहिलो प्राथमिकतामा राखेर आफूले काम गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width