‘महिला पुरुषमा विभेद हुन दिन्नौं’

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
Gaidakot samachar

गैंडाकोट । गैंडाकोट नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयक अन्तक्र्रिया गरेको छ ।

नगरप्रमुख मदनभक्त अधिकारीले आफ्नो नगरमा महिला पुरुषमा कुनै प्रकारको विभेद हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गरे ।

नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले सरकार समावेशीकरणको सिद्धान्तमा अगाडि बढेको भए तापनि आशातित समानताको अवस्था नदेखिएको बताए । उनले नारीहरुको समस्यालाई समाधान गर्ने प्रविधिमैत्री आवश्यक खोजमा महिलाहरुलाई समेट्नुपर्ने आवश्यकता औंल्याए ।

सामाजिक अभियन्ता एवं महिला अधिकारकर्मी मीना खरेलले नारी दिवस केवल दिवसमा मात्र सीमित नराखी महिलाहरुलाई सक्रिय गराएर सिपमूलक र नवीनतम प्रविधिमा पहुँच पुर्‍याउनुुपर्ने धारणा राखिन् ।

नगर उपप्रमुख शान्ति कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्य समिति सदस्य तथा सामाजिक अभियन्ता शान्ति नेउपानेले स्वागत गरिन् । कार्यक्रम महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख सीता लामिछानेले सहजीकरण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width