पोखरा । पोखरा सभागृहमा सोमबार ‘महाकमेडी विथ महाजात्रा’ हुने भएको छ ।
चलचित्र पत्रकार संघ कास्की आयोजनामा आइतबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक विशाल भण्डारीले उक्त कार्यक्रममा पोखराका दर्शकले कलाकारसँग साक्षात्कार गर्न पाउने बताए । दर्शकलाई सहर–सहरमा पुगेर हसाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानिया, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतसहित कमेडी क्लब विथ च्याम्पियनका टोली दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ लगायतको प्रस्तुति रहने भण्डारीले बताए ।
दीपाश्री निरौलाले पोखराका दर्शकसँग प्रत्यक्ष रुपमा महाकमेडी विथ महाजात्रा मार्फत जोडिन पाउँदा खुसी लागेको बताइन् । उनका अनुसार कमेडी च्याम्पियनका कारण नेपालमा नयाँ हास्यकलाकारले अवसर पाएका छन् ।
पोखरा कार्यक्रमको सहकार्य गरेको पर्यटन व्यवसायी महिला संघ (टेवान) अध्यक्ष कमला गिरीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छेकोमा महाकमेडी विथ महाजात्रा कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
पोखरा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनायो ।
Related News
सम्बन्धित समाचार
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
hero news full width
मुख्य समाचार
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१