संसदमा सांकेतिक भाषाको दोभाषे राख्न सांसद गुरुङको सुझाव

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
saraswati
पोखरा । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सार्वभाैम स‌ंसदमा सांसदले बोलेका विषय श्रवण क्षमता कम भएका वर्गसम्म पुर्‍याउन सांकेतिक भाषाको दोभासे राख्न माग गरेकी छन् । प्रदेश सभाको आइतबारको बैठकको शून्य समयमा उनले राखेको भनाइ जस्ताको तस्तै :
जनताको सार्वभौम सम्पन्न संसदमा हामी छौं । जनताकै मतबाट निर्वाचित भएर यहाँ हामी उपस्थित भएका हौं । हामीले बोलेका र राखेका धारणाहरु बुझ्ने र सुन्ने सबै नागरिकको अधिकार छ । हामीले संसदमा बोलेका विषयहरुलाई जनतासामू पुर्‍याउनकै लागि संसद सचिवालयले युट्युव मार्फत प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
मिडियाकर्मीहरु संसदमै उपस्थित भएर सांसदले बोलेका विषयलाई मिडिया मार्फत् जनतासम्म पुर्‍याउँछन् । हामीले बोलेका कुरा सुन्न आतुर तर सुन्न नपाएको एउटा समूह छ, श्रवणशक्ति कम भएका नागरिकहरु । उनीहरुले पनि संसदलाई सुन्न पाउनुपर्छ ।
त्यसैले म यो सम्मानित सभा मार्फत संसद सचिवालयको ध्यानाकर्षण गराउँदछु कि, संसदमा माननीयहरुले बोलेका बेलामा सांकेतिक भाषा मार्फत पनि आम नागरिकहरुमा संसदलाई पुर्‍याइयोस् । सँगै प्रदेश सरकार मातहत निर्माण हुने सम्पूर्ण पूर्वाधारहरुलाई अपांगता मैत्री बनाउनका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछु । धन्यवाद् जय नेपाल

Related News

सम्बन्धित समाचार

  • आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार   

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    म्याग्दी ।  देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष…
  • सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । पोखरा महानगरपालिका २५ को…
  • अपांगता भएकालाई व्यावसायिक तालिम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । पोखरा महानगर वडा नम्बर १ को आर्थिक सहयोग तथा आवजविहीन जनताको साथी पोखराको आयोजनामा पोखरा १ मा बसोबास…
  • बनेका धारा भत्किन थाले तर पानी आएन   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    बलेवा ।  खानेपानी नभएपछि बागलुङको जैमिनी नगरपालिकाको सदमुकाम कुश्मीसेरामा हाहाकार छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउछन् र पानीको…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…

hero news full width

trending post

ट्रेन्डिङ्ग