पोखरा । माछा मार्ने क्रममा सेतीमा हराइरहेका एक व्यक्ति खोज्नका लागि सेती नदीको ड्याम खोलिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनसार माछा मार्ने क्रममा पोखरा १ सिम्पानीका मानबहादुर भन्ने सार्की लामा तामाङ फागुन १३ गतेदेखि हराइरहेका छन् ।
उनीसँगै गएका एक जना मृतावस्थामा भेटिएका छन् । फागुन १७ गते बिहीबार बिहान ८ बजे नहर खोलेर सेतीमा पानीको वहाव बढाइने प्रहरीले जनाएको छ ।
प्रहरीले भनेको छ- दीपमा रहेको ड्याम खोली सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्नु पर्ने भएकोले उक्त मिति र समयमा सेती नदीमा पानीको बहाफ बढ्न सक्ने हुँदा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदीको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको टोलीले खोजतलास गर्दा मानबहादुर फेला नपरेपछि ड्याम खोलेर खोजतलास गरिदिन आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।
Related News
सम्बन्धित समाचार
लियो क्लब चौतारीमा सहनशील
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
hero news full width
मुख्य समाचार
मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१